काठमाडौं– झापास्थित बीएण्डसी अस्पतालका सञ्चालक दुर्गा प्रसाईले नेकपा एमालेको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन्।
नेकपा माओवादी केन्द्र परित्याग गरी एमाले प्रवेश गरेका भनिएका प्रसाईंले १०औं महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका हुन्।
‘मैले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेको छु,’ प्रसाईले भने, ‘मलाई केन्द्रीय सदस्यमा जिताउन सबैलाई आग्रह गर्दछु।’
गत असोजमा सम्पन्न एमालेको महाधिवेशनमा प्रसाईं प्रतिनिधिको रुपमा सहभागी भएका थिए। त्यसपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले झापामा आयोजित एक कार्यक्रममा 'पार्टी प्रवेश' गराएका थिए।
प्रसाईंलाई एमालेको केन्द्रीय कमिटी बैठकले १०औं महाधिवेशनको प्रतिनिधिमा मनोनयन गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।