सबै तस्बिर : निमेषजंग राई/नेपाल लाइभ।
चितवन– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार सर्वोच्च अदालतको असार २८ गतेको फैसलाले विस्थापित भयो। र, सोही फैसलामार्फत् अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठनका लागि परमादेश जारी गर्यो।
अदालतको निर्णयपछि देउवा प्रधानमन्त्री बने। ओलीले दोस्रोपटक गरेको प्रतिनिधि सभा विघटनलाई बदर गर्दै सर्वोच्चले नयाँ सरकार गठनका लागि परमादेश जारी गरेको थियो।
सरकारबाट बाहिरिएपछि ओलीले प्राय: हरेक भाषणमा भनिरहे– जनादेशको सरकार विस्थपित गरेर परमादेशको सरकार बन्यो।
असारयता कुनै भेटघाट समेत नगरेका ओली र प्रधानमन्त्री देउवा शुक्रबार भने एउटै मञ्चमा देखिए, एमाले महाधिवेशनको छेको पारेर। उनीहरू मञ्चमा सँगै देखिएनन् मात्र सँगै प्रवेश पनि गरे। जतिबेला त्यहाँ उपस्थित एमाले कार्यकर्ताले गडगडाहट तालीले स्वागत गरे।

एमाले विभाजन गरेर बनेको नेकपा एकीकृत समाजवादीलाई भने महाधिवेशनमा निम्ता गरिएको छैन। निम्तो पाएर पनि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड उद्घाटन समारोहमा सहभागी भएनन्। माओवादी प्रतिनिधिका रुपमा लिलामणि पोखरेल एमाले महाधिवेशनमा पुगेका छन्।


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।