काठमाडौं- नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनअन्तर्गत भक्तपुरको जिल्ला अधिवेशनमा वर्तमान सभापति दुर्लभ थापा र अष्टकुमार कवेँबीच प्रतिस्पर्धा हुने भएको छ। थापा र कवेँले आ–आफ्नो प्यानलसहित उम्मेदवारी दिने घोषणा गरेका छन्।
यसअघिको भक्तपुरको जिल्ला अधिवेशनमा पनि थापा र कवेँबीच सभापतिका लागि कडा प्रतिस्पर्धा भएको थियो। पहिलो चरणमा पहिलो स्थानमा रहेका कवेँलाई दोस्रो चरणमा झिनो मतले पछि पार्दै थापा सभापतिमा निर्वाचित भएका थिए। यस पटक पनि दुवै जनाबीच कडा प्रतिस्पर्धा हुने देखिन्छ ।
पार्टीको आजको बैठकबाट उम्मेदवारी दर्ता शनिबार गर्ने सहमति भएको कांग्रेस जिल्ला सहसचिव किरण न्यौपानेले जानकारी दिए। उनले भने, “आज अन्तिम नामावली प्रकाशन गर्ने र आइतबार मतदानको तालिका तय गरिने भएको छ।”
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।