चितवन– नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले एमाले कमजोर भयो भन्ने भाष्यलाई निमिट्यान्न पारेको बताएका छन्।
१०औं महाधिवेशनमा कार्यक्रमको उद्घोषक भएका ज्ञवालीले भने, ‘एमाले कमजोर भयो भन्नेलाई नारायणी किनारा उर्लिएको जनसागर हेर्न आग्रह गर्दछु। हामी पुनः बहुमत आउनेगरि प्रस्तुत हुन्छौं।’
एमालेले सारा चुनौती चिर्न तम्तयार रहेको उनले बताए। सरकारबाट एमाले बाहिरिएपछि एमाले अप्ठ्यारोमा रहेको भाष्य चिर्न सफल भएको उनले दाबी गरे।
राष्ट्रिय हितमाथि आँच आउने कार्य एमालेबाट नहुने उनले प्रतिवद्धता जनाए।
पछिल्लो समय संविधान र लोकतन्त्रमाथि कालो बादल मडारिएको भन्दै समृद्धिको यात्रालाई तलमाथि हुन नदिने बताए।
‘हामी सशक्त भएर उभिने छौं । यो समृद्धिको यात्रामा रोकिने छैनौं। राष्ट्रिय राजनीतिमा केही चिजका लागि नेकपा एमाले विशिष्ट छ। हामीले गरेका कामले भन्छ, एमाले कति सशक्त छ भनेर’, उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।