काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवा नेकपा एमालेको १०औं महाधिवेशनस्थल पुगेका छन्।
महाधिवेशनको उद्घाटन सभालाई सम्बोधन गर्न देउवा शुक्रबार दिउँसो चितवनको भरतपुर (नारायणी नदी किनार)मा पुगेका हुन्। उद्घाटन सभास्थलमा पुग्दा एमालेका नेता/कार्यकर्ताहरुले देउवाको स्वागत गरेका छन्।
प्रधानमन्त्री देउवाले एमालेको १०औं महाधिवेशनको उद्घाटन सभालाई सम्बोधन गर्नेछन्।
एमालेले १०औं महाधिवेशनको उद्घाटन सभाका लागि प्रमुख राजनीतिक दलका नेताहरुलाई आमन्त्रण गरेको छ। सभामा नेकपा एकीकृत समाजवादीलाई भने आमन्त्रण गरिएको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।