तस्बिर : रासस।
चितवन- नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्र सुरु भएको छ। शुक्रबार चितवनस्थित नारायणी किनारमा उद्घाटन सत्र भएको हो।
दिउँसो १२ बजे सुरु हुने भनिएको महाधिवेशन एक बज्ने बेला मात्रै सुरु भएको हो। उद्घाटनस्थलमा बनाइएको मञ्चमा केन्द्रीय सदस्य, विभिन्न देशका पार्टीका प्रतिनिधिहरु, पर्यवेक्षकहरुको उपस्थिति छ।
कार्यक्रमस्थलमा ठूलो संख्यामा महाधिवेशन प्रतिनिधिहरु र शुभेच्छुकहरुको उपस्थिति छ। कार्यक्रम सञ्चालन एमाले सचिव प्रदीप ज्ञवालीले गरिरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।