काठमाडौं– नेकपा एमालेको दशौं महाधिवेशन उद्घाटन समारोहमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नजाने भएका छन्। माओवादी केन्द्रलाई एमालेले निमन्त्रणा गरेपनि उनी नजाने भएका हुन्।
प्रचण्डले पार्टीका तर्फबाट स्थायी समिति सदस्य लिलामणि पोखरेललाई पठाएका छन्। एमाले केन्द्रीय राजन भट्टराई प्रचण्डलाई निम्तो दिन उनकै निवास खुमलटार पुगेका थिए।
प्रचण्ड काभ्रेमा हुने दुई कार्यक्रममा सहभागी हुने भएपछि नेता पोखरेलाई प्रतिनिधिका रुपमा चितवन पठाएको हो। तर, एमालेबाट विभाजित भएको नेकपा एकीकृत समाजवादीलाई भने एमालेले निम्तो पठाएको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।