फाइल तस्बिर।
चितवन– अध्यक्षमा उम्मेदवारी घोषणा गरेका नेकपा एमालेका उपाध्यक्ष भीम रावलले प्रतिनिधिहरूसँग भोट माग्न सुरु गरेका छन्।
उनले एसएमएसमार्फत् भोट मागिरहेका छन्। रावलले भोट मागरेको मेसेज प्रतिनिधिहरूको मोबाइलमा पुगेको छ। कतिपय प्रतिनिधिहरुले भने उनले भोट मागेको भन्दै सामाजिक सञ्जालमामै मेसेज राखेर अध्यक्षमा केपी ओलीबाहेक अरुलाई भोट नदिने लेखिरहेका छन्।
रावलकै क्षेत्र सुदूरपश्चिमका नेता डेजी पाण्डेले लेखेका छन्,'भीमजीलाई पनि आफ्नै लागि मसँग समर्थन र मत माग्नु पर्ने दिन आइलाग्यो। अहिलेलाई नेकपा एमालेको अध्यक्षमा केपी ओली विरुद्धमा अर्को कसैलाई दिन सकिने मत मसँग छैन।'
अन्य प्रतिनिधिहरुले पनि आफूहरुको मोबाइलमा भीम रावलको मेसेज आएको बताएका छन्।
रावलले केही दिन पहिले नै दशौं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरिसकेका थिए। एमालेको दशौं राष्ट्रिय महाधिवेशन आजदेखि चितवनमा सरु हुँदैछ।
देशभरका प्रतिनिधिहरु चितवन आइपुगेका छन्। नारायणी नदी किनारमा आज उद्घाटन सत्र सकिएपछि बेलुका सौराहमा बन्द सत्र हुनेछ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।