काठमाडौं- पर्वतमा सम्पन्न कांग्रेस जिल्ला अधिवेशनबाट युवराज जोशी सभापतिमा निर्वाचित भएका छन्।
सभापतिका अर्का प्रतिस्पर्धी यामबहादुर मल्ललाई हराउँदै जोशी विजयी भएका हुन्। जोशीले ६०९ मत प्राप्त गरे भने पराजित मल्लले ४४९ मत ल्याए।
जोशी सभापति शेरबहादुर देउवापक्षका हुन्। विजयी जोशी केन्द्रीय सदस्य अर्जुन जोशीका भाइ हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।