काठमाडौं– नेपाली काग्रेस दार्चुला जिल्ला अधिवेशनको मतगणना स्थलमा झडप भएको छ।
सभापतिका उम्मेदवार अमरसिंह धामी र ललितसिंह बोहरा पक्षका कार्यकर्ता बीच झडप भएको बताइएको छ।
मत गणना स्थलमा बोहोरा पक्षका कार्यकर्ताले धामी पक्षका कार्यकर्तालाई प्रवेश नदिएपछि झडप भएको बताइएको छ।
झडपमा वसन्तबहादुर साउद, सुरेश विष्ट र राजेन्द्र विष्ट घाइते भएका छन्। घाइते तीनै जना धामी पक्षका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।