काठमाडौं– नेपाली कांग्रेस मोरङको सभापतिमा तीन जनाबीच प्रतिस्पर्धा हुने भएको छ। १४ औं अधिवेशनअन्तर्गत शुक्रबार सुरु जिल्ला अधिवेशनमा हुने चुनावका लागि डीकबहादुर लिम्बू, दिलीप गच्छदार र यदु विष्टबीच प्रतिस्पर्धा हुन लागेको हो।
आज सुरु हुने अधिवेशनमा नोमिनेसन भोलि रहे पनि तीनै जनाले छुट्टाछुट्टै समुह बनाएर उम्मेद्वारी दर्ता गराउने बताइसकेका छन्।
वर्तमान सभापतिसमेत रहेका लिम्बू शेखर कोइराला पक्षका हुन् भने पूर्व राज्यमन्त्री गच्छदार देउवा पक्षका उम्मेदवार हुन्। अर्का प्रत्यासी विष्टले भने तेस्रो समूहबाट उम्मेदवारी दिन लागेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।