complimentary FOC Ncell Content Block complimentary FOC Ncell Content Block
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
महाधिवेशन विशेष

एमालेको दशौं राष्ट्रिय महाधिवेशन आजदेखि, नारायणी नदी किनारमा उद्घाटन हुँदै

64x64
नेपाल लाइभ शुक्रबार, मंसिर १०, २०७८  ०६:०३
1140x725

चितवन–  प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी(एमाले)को दशौं राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुँदैछ। नारायणी नदी किनारमा एक समारोहबीच पार्टीको महाधिवेशन उद्घाटन हुँदैछ। 

नेकपा एमालेले आज मध्यान्ह १२ बजे भव्य समारोहबीच महाधिवेशनको उद्घाटन गर्दैछ।  एमाले अध्यक्ष केपीशर्मा ओलीले  महाधिवेशन उद्घाटन गर्ने कार्यक्रम रहेको छ।

एमालेले नारायणी नदी किनारमा महाधिवेशन उद्घाटनका लागि भव्य मञ्च निर्माण गरेको छ। मञ्च निकै आकर्षक रुपमा निर्माण गरिएको छ।

मञ्च आसपास क्षेत्रमा ठूल ठूला एलसीडी राखिएका छन्। जसका कारणले सहभागीहरुले सहजै उद्घाटन सत्रको कार्यक्रम हेर्न सक्ने व्यवस्था मिलाइएको छ। ‘उद्घाटन सत्रको सबै तयारी सकिएको छ। देशका विभिन्न भागबाट आउने सहभागी पनि आइरहनुभएको छ,’ एमाले केन्द्रीय सदस्य एवं जनपरिचालन समितिका संयोजक देवी ज्ञवालीले भने, ‘रातिदेखि नै चितवनमा सहभागीहरु पुगिसकेको अवस्था छ। प्रतिनिधिहरु पनि आइरहनुभएको छ।’

राति देखि नै जिल्लाका विभिन्न स्थानबाट आएका सवारी साधनहरुलाई आयोजकले व्यवस्थापन गर्ने उनीहरुको प्रबन्ध गर्ने काम गरिरहेको छ। उद्घाटन सत्र अघि देशका विभिन्न स्थानबाट सहभागी भएका कार्यकर्तासहित विशाल र्‍यालीको तयारी गरिएको छ। ‘९ बजेभित्र सबै साथीहरु जिल्ला प्रवेश गरिसक्नुहुने छ,’ उनले भने, ‘चितवनका प्रमुख क्षेत्रबाट जुलुस अघि बढ्नेछ। पूर्वतिरबाट आएको जुलुस केन्द्रीयबस टर्मिनलबाट सहिद चोक, माडी, पटियानीलगायतको क्षेत्रको जुलस पनि त्यसै हिसाबले अघि बढनेछ।’

विभिन्न स्थानबाट जुलुस प्रदर्शन हुने उनले बताए। सबै तिरको जुलुस कार्यक्रम स्थलमा पुग्ने कार्यक्रम रहेको छ।पार्टी अध्यक्ष केपी शर्मा ओली भने र्‍यालीमा सहभागी हुने छैनन्। उनी सोझै कार्यक्रम उद्घाटन स्थलमा आइपुग्ने कार्यक्रम रहेको ज्ञवालीले जानकारी दिए।

२ हजार १७५ प्रतिनिधि सहभागी हुने
एमाले महाधिवेशनमा कुल प्रतिनिधिको संख्या २ हजार १ सय ७५ जना हुने भएको छ। महाधिवेशनको पूर्वसन्ध्यामा उद्घाटनस्थल नारायणी किनारमा आयोजित पत्रकार सम्मेलनमा प्रचार विभागका संयोजक योगेश भट्टराईले प्रतिनिधिको संख्याबारे जानकारी दिएका हुन्। ‘महाधिवेशनमा कुल २१७५ जनाको सहभागिता हुनेछ। भुगोलबाट, जनसंगठनबाट, विभागबाट, सम्पर्क कमिटीहरुबाट र प्रवासका कमिटीहरुबाट निर्वाचित र केन्द्रीय कमिटीबाट १०६ जना गरी २१७५ जनाको प्रतिनधित्व हुनेछ,’  उनले भने, ‘१०३ जना पर्यवेक्षक हुनुहुन्छ।’

कुल प्रतिनिधिमा ६२७ जना महिला प्रतिनिधि हुने उनले जानकारी दिए। ‘यो नेकपा एमालेको इतिहासमा मात्रै होइन कि अरु दलको इतिहासमा पनि यो संख्याको महिला प्रतिनिधित्व पहिलो हो भन्ने मलाई लाग्छ। हामीले केन्द्रीय कमिटीमा पनि ३३ प्रतिशत महिलाहरुको सिट सुनिश्चित गरेका छौं,’ उनले भने।

Ncell 2
Ncell 2
nimb
nimb

दलित उत्पीडित समुदायबाट २०९ जना प्रतिनिधिले भाग लिने भट्टराईको भनाइ छ। ‘नेकपा एमाले एकदमै समावेशी छ। सबै क्षेत्र र लिंग समुदाय लगायतको प्रतिनिधित्व नेकपा एमालेमा हुनेछ। र यो एउटा समावेशी पार्टी राष्ट्रिय चरित्रको पार्टीको रुपमा रहनेछ,’  उनले भने।

प्रधानमन्त्री देउवासहितका प्रमुख नेताहरुले शुभकामना दिने
एमाले महाधिवेशनको उद्घाटन समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवासहित विभिन्न पार्टीका शीर्ष नेताहरूले शुभकामना दिने भएका छन्। महाधिवेशनमा शुभकामना मन्तव्य दिन प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति देउवा आज बिहान चितवन आइपुग्ने कार्यक्रम रहेको छ।

एमालेले संघीय संसदमा प्रतिनिधित्व गर्ने सातवटा राजनीतिक दललाई उद्घाटन समारोहमा निम्तो गरेको थियो । लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी पनि शुभकामना मन्तव्य दिन आउने कार्यक्रम तय भइसकेको छ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल भने सहभागी हुने छैनन्। नेकपा माओवादीका अनुसार कार्यक्रममा स्थायी कमिटी सदस्य लीलामणि पोखरेल आउने तय भएको छ। प्रचण्डलाई औपचारिक रुपमा नै निमन्त्रणा दिएको भए पनि उनी सहभागी नहुने भएका छन्। नेकपा एकीकृत समाजवादीलाई भने एमालेले महाधिवेशनको उद्घाटन सत्रमा निमन्त्रण नै दिएको छैन। त्यसैले उक्त पार्टीको सहभागिता हुने छैन।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

पाँचहजार स्वयंसेवक उद्घाटनमा परिचालन
नेकपा एमालेले पार्टीको दशौं राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा पाँचहजार स्वयमसेवक परिचालन गरेको छ। विभिन्न जनवर्गीय संगठनका नेता कार्यकर्ताहरुलाई उद्घाटन सत्रमा स्वयम्सेवकका रुपमा परिचालन गर्न लागेको हो। महाधिवेशनलाई भव्य र व्यवस्थित बनाउनका लागि तीन दिन अघिदेखि नै स्वयम्सेवक चितवन आइसकेका छन्। उनीहरुले महाधिवेशनका दिन सहभागी भएका जनसमुदाय र अन्य पाहुनाको सहजताका लागि खटिने भएका हुन्। 

चितवनको सुरक्षा व्यवस्था कडा
एमालेको महाधिवेशनलाई मध्यनजर गर्दै चितवनको सुरक्षा व्यवस्था कडा पारिएको छ। चितवन क्षेत्र र पश्चिम नवलपरासी क्षेत्रसहित विभिन्न ठाउँमा झण्डै २ हजारको संख्या सुरक्षाकर्मी परिचालन गरिएको छ। पूर्वसन्ध्यामा प्रहरीका अधिकारीहरुले निरीक्षण गरेका छन्। नेपाल प्रहरीले कार्य विभागका एआईजी सहकुल थापाकै नेतृत्वमा सुरक्षा कमान्ड खटाएको छ। एमाले महाधिवेशनलाई मध्यनजर गर्दै एआईजी थापा चितवन पुगेर कमान्ड पनि सम्हालि सकेका छन्। आज उद्घाटन सत्रको दिन चितवन क्षेत्रमा अत्यावश्यक बाहेका सवारी साधनहरु सञ्चालनमा निषेध गरिएको छ।

प्रकाशित मिति: शुक्रबार, मंसिर १०, २०७८  ०६:०३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढीपीडितलाई १८ करोड ४८ लाखभन्दा बढी राहत वितरण
कांग्रेस महाधिवेशनको सम्पूर्ण मतपरिणाम आज बेलुकीसम्म आउने
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद
सम्बन्धित सामग्री
कांग्रेसले स्थगित गर्‍यो १६ जिल्लाको अधिवेशन नेपाली कांग्रेसले १६ जिल्लाको अधिवेशन अनिश्चितकालका लागि स्थगित गरेको छ। कोरोना भाइरसको संक्रमण बढिरहेकाले अधिवेशन हुन बाँकी रहेका ज... शुक्रबार, माघ ७, २०७८
योग्यता नपुगेका विनोद चौधरी, उमेश श्रेष्ठ, मोहन आचार्य र जीवन राना कसरी बने उम्मेदवार? कांग्रेसको केन्द्रीय सदस्य बन्नको लागि निरन्तर १० वर्ष क्रियाशील सदस्य रहेको हुनुपर्ने मुख्य प्रावधान छ। जुन कांग्रेस विधानको धारा २... शुक्रबार, पुस ३०, २०७८
एमाले जिल्ला अधिवेशन : कञ्चनपुरमा विष्ट प्यानलको अग्रता नेकपा (एमाले) कञ्चनपुरको नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना कार्य जारी छ। ३ सय ७० मत गणना हुँदा अहिलेसम्म अध्यक्षसहितका पदाधि... बुधबार, पुस २८, २०७८
ताजा समाचारसबै
भोटेकोशी बाढीपीडितलाई १८ करोड ४८ लाखभन्दा बढी राहत वितरण बिहीबार, असोज २९, २०८३
कांग्रेस महाधिवेशनको सम्पूर्ण मतपरिणाम आज बेलुकीसम्म आउने बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
‘सरकारको भ्रष्टाचारविरुद्धको अभियानलाई समर्थन गर्छौं तर प्रमाणबिना उद्यमीलाई दोषी ठहर नगरियोस्’ : अध्यक्ष श्रेष्ठ बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्