काठमाडौं– नेपाली कांग्रेस धादिङ जिल्ला सभापतिमा रामनाथ अधिकारी र भीम ढुंगाना भिड्ने भएका छन्।
शुक्रबार हुने कांग्रेसको जिल्ला अधिवेशनका लागि उनीहरुले उम्मेदवारी दिएका हुन्।
पूर्वजिल्ला सभापतिसमेत रहेका अधिकारी संस्थापनइतरका उम्मेदवार हुन्। यता, ढुंगाना देउवापक्षीय उम्मेदवार हुन्।
ढुंगाना नीलकण्ठ नगरपालिकाका प्रमुखसमेत रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।