काठमाडौं- नेपाली कांग्रेस काभ्रेको सभापतिका लागि तीर्थ लामा र अच्युत पौडेलबीच प्रतिस्पर्धा हुने भएको छ।
शुक्रबार हुने कांग्रेसको जिल्ला अधिवेशनका लागि निर्वतमान क्षेत्रीय सभापति लामा र वर्तमान उपसभापति पौडेलले उम्मेदवारी दिएका हुन्।
लामा संस्थापनपक्ष र नेता कृष्ण सिटौलापक्षको साझा उम्मेदवार हुन्। काभ्रेका सिटौलानिकट केन्द्रीय सदस्य शिव हुमागाईले सभापतिका लागि लामालाई सघाउने भएका छन्।
यता, पौडेल संस्थापनइतरका उम्मेदवार हुन्। उनी वरिष्ठ नेता रामचन्द्र पौडेलपक्षीय जिल्ला नेता मधु आचार्य निकटका उम्मेदवार हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।