काठमाडौं– पर्सामा नेपाली कांग्रेसको १४औं महाधिवेशनपछि मात्रै पालिका र जिल्ला अधिवेशन हुने भएको छ।
महाधिवेशनका लागि प्रतिनिधि छनोट हुने पार्टी तहको अधिवेशन सकेर दुई तहको अधिवेशन पछि गर्ने निर्णय भएको हो।
वडा र क्षेत्रीय अधिवेशन सम्पन्न गरेपछि केन्द्रीय महाधिवेशन छनोट हुन्छन्। पालिका र जिल्लाको अधिवेशन गर्नको लागि समय अभाव रहेकोले महाधिवेशन प्रतिनिधि मात्रै छनोट गर्ने विधि तय गरिएको छ।
जिल्ला कार्य समितिको बैठकले प्रतिनिधि चयन गर्ने पार्टी संरचनाको मात्रै हाल अधिवेशन गराउने निर्णय गरेको हो।
प्रदेश २ का जिल्लाहरुमा पछिल्लो कार्य तालिका अनुसार अधिवेशन हुन सकेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।