काठमाडौं– नेपाली कांग्रेसको स्याङ्जा जिल्ला सभापतिमा दुई जनाको मनोनयन परेको छ।
संस्थापनइतरबाट राजु थापाको उम्मेदवारी परेको छ। नेता गोपालमान श्रेष्ठ पक्षबाट भागवतप्रकाश मल्लले उम्मेदवारी दिएका छन्। थापा संविधान सभा सदस्य हुन्। मल्ल स्याङ्जा–२ को 'ख' बाट प्रदेश सभामा निर्वाचित सांसद हुन्।
थापा प्यानलबाट उपसभापतिमा केदार काफ्ले र होमप्रसाद भट्टराईले उम्मेदवारी दिएका छन्। सचिवमा उक्त प्यानलबाट रामचन्द्र रेग्मी र गुरुप्रसाद भट्टराईले उम्मेदवारी दिएका छन्। सह सचिवद्वयमा रोशन दर्जी र दिनबन्धु पौडेलले उम्मेदवारी दर्ता गरेका छन्।
सभापतिका उम्मेदवार मल्लको टीमबाट उपसभापतिमा नारायण प्रसाद पौडेल र शेरबहादुर थापाले उम्मेदवारी दिएका छन्। सचिवमा बुद्धिप्रसाद भण्डारी र दामोदर लम्साल उम्मेदवार बनेका छन्।
स्याङ्जामा नेता श्रेष्ठ र थापाको वडा तहदेखि नै छुट्टाछुट्टै प्यानल बन्दै आएको छ। स्याङ्जालगायत एकभन्दा बढी प्रतिनिधि सभा क्षेत्र रहेका जिल्लामा भोलि मतदान गर्ने कांग्रेसको कार्यतालिका छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।