काठमाडौं– नेपाली कांग्रेस बाँके–३ को सभापतिमा नक्की खाँ निर्विरोध चयन भएका छन्।
संस्थापन समूह बलियो रहेको बाँकेमा खाँ दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन्।
बाँके–३ मा समावेशी क्लष्टर अनुसारका अन्य पदमा पनि निर्विरोध पदाधिकारी चयन गरिएको छ।
बाँके–२ मा विवाद उत्पन्न भएपछि मतदान भोलि (शुक्रबार) का लागि सारिएको छ। यता, बाँके–१ को मतदान भने सकिएको छ।
उक्त क्षेत्रमा संस्थापनबाट माधवराम खत्री र संस्थापनइतरबाट पोषण केसीले सभापतिमा प्रतिस्पर्धा गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।