काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को महामन्त्रीमा नेपालगञ्ज उपमहानगरपालिकाका मेयर धवल शमशेर राणाले उम्मेदवारी घोषणा गरेका छन्। काठमाडौंमा बिहीबार आयोजित कार्यक्रममा उनले महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका हुन्।
सोही कार्यक्रमबाट राप्रपाका एक मात्र प्रतिनिधि सभा सदसय राजेन्द्र लिङ्देनले राप्रपाको अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका थिए।
राणाले लिङ्देनकै समूहबाट महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका हुन्। राप्रपाको महाधिवेशन यही मंसीर १५–१७ मा काठमाडौंमा आयोजना हुँदैछ।
अहिले पार्टीको नेतृत्वमा रहेका कमल थापालाई चुनौती दिन लिङ्देन–राणासहितको गठबन्धन बनेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।