स्पेनिस क्लब रियल मड्रिड तथा फ्रेञ्च स्ट्राइकर करिम बेन्जिमा सेक्स टेप ब्ल्याकमेल प्रकरणमा दोषी ठहर भएका छन्।
बेन्जिमामाथि सन् २०१५ को जुनमा राष्ट्रिय टिमको अभ्यासमा रहेको बेला आफ्ना सहकर्मी तथा फ्रेन्च फुटबलर म्याथ्यु भाल्बुआनाको सेक्स भिडियो खिचेर ब्ल्याकमेल गरेको आरोप लागेको थियो।
यसका साथै बेन्जिमाले पैसा दिन प्रोत्साहन गरेको पनि बताइन्थ्यो। फ्रान्सको एक अदालतले उक्त अभियोगमा उनलाई दोषी ठहर गरेको हो।
योसँगै उनलाई एक वर्षको सस्पेन्डेड जेल सजाय सुनाइएको छ। यद्यपि, यो सजायमा जेलमा बस्नु भने पर्दैन। तर, अदातलले तोकेको विभिन्न नियम भने पालना गर्नुपर्छ।
बेन्जिमाले ७५ हजार युरो जरिवाना पनि तिर्नु पर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।