• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, पुस २, २०८२ Wed, Dec 17, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

माई सिरानी : अनलाइनमार्फत मानसिक स्वास्थ्यसम्बन्धी सेवा

64x64
युवराज भट्टराई मंगलबार, मंसिर ७, २०७८  ०६:५४
1140x725

काठमाडौं– पेशाले सञ्चार क्षेत्रमा रहेकी निश्मा ढुंगाना चौधरी मनोपरामर्शकै क्षेत्रमा औपचारिक अध्ययन गरिरहेकी थिइन्। सामाजिक सञ्जालमार्फत मनोपरामर्श पनि दिने गर्थिन्। इन्स्टाग्राममा ‘मिसिङ काउन्सिलर’को नामबाट मनोचिकित्सासँग जोडिएका पोस्टहरू गर्नेदेखि आवश्यक पर्नेलाई परामर्श दिन वा दिलाउन सक्रिय थिइन्।

अजय पाण्डेय भने विभिन्न किसिमका अनलाइन ‘स्टार्ट–अप’ गर्न सक्रिय थिए। ‘ग्लोकल’, ‘ट्रेड टक’ लगायत स्टार्ट–अपमा सहभागी थिए। प्राविधिक क्षेत्रहरूमा पनि काम गरिरहेका थिए। उनले अनलाइनकै माध्यमबाट मनोपरामर्शको काम गर्ने सोच बनाउँदै थिए। 

निश्मा र अजयको पेशा फरक भए पनि सोच एउटै थियो। त्यही सोचले उनीहरुलाई एक ठाउँमा ल्यायो। अनि जन्मियो– माई सिरानी।

उनीहरुले ‘द मिसिङ काउन्सिलर’ नामक कम्पनी दर्ता गरे। उक्त कम्पनीको उत्पादनको रुपमा गत वर्ष ‘माई सिरानी’ सुरु भयो।

‘माई सिरानी भनेको इन्टरनेटको माध्यमबाट मनोपरामर्श र मानसिक स्वास्थ्यसँग सम्बन्धित काम गर्ने एउटा प्लेटफर्म हो,’ अजय भन्छन्, ‘म प्रविधिको मान्छे, निश्माजी यही क्षेत्रमा काम गरिरहनुभएको थियो। हामी दुवैको सोचलाई एक ठाउँमा लिएर मानसिक स्वास्थ्यका क्षेत्रमा केही गर्न माई सिरानी सुरु गरेका हौँ।’ माई सिरानीको सेवा एप र वेबसाइट दुवैमार्फत लिन सकिन्छ। 

पछिल्लो समय विश्वभर बढिरहेको नैराश्यतालाई हेर्ने हो भने मानसिक स्वास्थ्यको अवस्था निकै नाजुक भएको अजय बताउँछन्। विकसित देशहरुमा यसलाई न्यूनिकरण गर्न अनेक उपाय निकाल्न थालिएको छ। खासगरी जनचेतनाका लागि विभिन्न ‘कन्टेन्ट’ र माध्यम तयार पारिएको छ। तर, नेपालजस्ता विकासोन्मुख देशमा मानसिक स्वास्थ्यबारे गलत जानकारी व्याप्त छन्। 

‘हाम्रोमा मानसिक रोग वा मानसिक स्वास्थ्य भनेको निषेधित विषय हो, यसबारे कतै पनि बहस हुँदैन,’ अजय भन्छन्, ‘शहरी क्षेत्रमा केही मात्रामा जनचेनता जागेको छ। तर, गाउँघरमा त्यसलाई रोगको रूपमा नलिँदा पछि गम्भीर समस्या हुने गरेको छ।’ माई सिरानीले समाजमा रहेको यही भ्रमलाई चिर्न र मानसिक स्वास्थ्यबारे जानकारी दिन सेवा सुरु गरेको अजय बताउँछन्। 

मानसिक स्वास्थ्यसम्बन्धी जनचेतना नहुँदा अनलाइनमार्फत यही क्षेत्रसँग जोडिएर काम गर्नु सहज नभएको उनीहरुको अनुभव छ। मानसिक स्वास्थ्यसँग जोडिएका समस्यामा पनि कतिपयले ‘पानी खानु’, ‘सुत्नु’ जस्ता सुझाव दिँदा बिरामी गम्भीर हुने गरेको छ। 

Ncell 2
Ncell 2

‘केटाहरुकै सर्कलमा डिप्रेसनको समस्या हुँदा ‘एक पेग हानौ, रिल्याक्स बनौं’ भन्ने सोच छ। समाजमा पनि यस्तै सोच छ। कसैले उपचार लिइरहेको छ भने पनि ‘यो पागल भयो, पाटन लगिदिउँ’ भन्ने अवस्था छ। यो समस्या भत्काउन सहज त छैन्, तर प्रयास गर्ने हो,’ अजय भन्छन्, ‘माइ सिरानीमार्फत हामीले जनचेतना र परामर्श गरी दुई क्षेत्रमा काम गरिरहेका छौँ।’

मानसिक स्वास्थ्यसम्बन्धी रोगलाई मजाक नबनाएर उपचार आवश्यक भएको उनी बताउँछन्। ‘मानसिक स्वास्थ्यको समस्या हुँदा अन्य रोगमा जस्तै विशषज्ञकैमा गएर सहयोग लिनुपर्छ। त्यसैको लागि हामीले प्रयास गरिरहेका छौँ।’

अहिले नेपालमा इन्टरनेटको पहुँच बढिरहेको छ। गाउँमा पनि इन्टरनेट सुविधा विस्तार हुने क्रममा छ। तर, मानसिक स्वास्थ्यसम्बन्धी जनचेतना शहरमा मात्रै विकास हुँदै गरेको छ। अनलाइन माध्यमबाट सेवा दिँदा गाउँसम्म पुग्न सकिने अवस्था भएकै कारण माई सिरानीले प्रविधिको प्रयोग थालेको हो। 

‘माइ सिरानी’ले विभिन्न ब्लग र पोस्टहरूमार्फत मानसिक स्वास्थ्य सम्बन्धी जनचेतना फैलाउने गरेको छ। मनोपरामर्शका लागि विशेषज्ञहरूको सहयोग लिन्छ। सेवाग्राहीले एप वा वेबसाइटमार्फत नाम दर्ता गरेपछि आफूलाई आवश्यक पर्ने चिकित्सक वा परामर्शदातासँग कुराकानी गर्न सक्छन्। जसका लागि सेवाग्राहीले निश्चित रकम भने तिनुपर्छ। मानसिक स्वास्थ्य समस्या भएकाहरूले च्याट र भिडियो कलमार्फत कुरा गर्न पाउँछन्।

‘कसैलाई बोल्न समस्या भएको छ भने हामीले च्याटमार्फत पनि सेवा लिन सक्ने व्यवस्था गरेका छौं,’ अजय भन्छन्, ‘बोलेरै कुरा गर्न सहज हुनेलाई बोलेरै सेवा दिन सकिन्छ।’ प्रयोगकर्ताले जुन किसिमको सेवा लिन्छन्, त्यहीअनुसारको रकम तिर्नुपर्ने व्यवस्था गरिएको छ। 

कोरोनाभाइरस संक्रमण फैलिन नदिन सरकारले गरेको लकडाउनको बेला माइ सिरानीमार्फत सेवा लिनेहरुको संख्या उल्लेख्य थियो। अहिले त्यो संख्यामा केही कमी आएको छ। तर, मानसिक स्वास्थ्य बुझ्नेहरुले अहिले पनि सेवा लिइरहेको अजय बताउँछन्।

हाल माइ सिरानीले ६ जना मनोपरामर्शदाता र एक जना मनोचिकित्सकमार्फत सेवा दिने गरेको छ। अहिलेसम्म सेवाग्राहीबाट राम्रो प्रतिक्रिया पाएकाले उत्साही भएको अजय बताउँछन्। उनी भन्छन्, ‘हामीसँग सेवा लिनेहरुमा धेरै जनाले आफूलाई निकै सहज भएको भन्नु भएको छ। अनलाइन माध्यम भएकाले आफ्नै ठाउँबाट सेवा लिन पाउनु पनि महत्वपूर्ण सुविधा हो।’

प्रकाशित मिति: मंगलबार, मंसिर ७, २०७८  ०६:५४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
युवराज भट्टराई
लेखकबाट थप
कर्णाली पुगेपछि विकासलाई लाग्यो 'प्रकाश' यहीँ बन्नुपर्छ 
पर्दामा प्रेमको रोमाञ्चक यात्रा
पेरिस सहरमा बेलुनसँग संवाद गर्दै हिँडेको पास्कल
सम्बन्धित सामग्री
नवरात्रमा यसरी सिंगारियो मैतीदेवि मन्दिर क्षेत्र [तस्बिरहरु] विभिन्न सजावटले झकिझकाउ पारिएपछि रात्रिकालीन समयमा उक्त मन्दिर क्षेत्र झिलिमिलि देखिएको छ । बिहीबार, असोज ९, २०८२
धोबी खोलामा बाढी (तस्बिरहरु) धोबिखोलामा बाढी आएपछि अनामनगर छेउका करिडोर डुवानमा परेका छन् । जसका कारण सवारी आवागमन प्रभावित भएको छ । शुक्रबार, असार ६, २०८२
समाजसेवामा समर्पित कृपा,  नाम जस्तै पहिचान समाजसेवा गर्दा घरव्यवहार सब लथालिंग हुने कुरामा उनको विश्वास छैन। किनभने घर र समाज व्यवस्थापन गर्ने कलाले उनलाई यहाँसम्म ल्याइपुर्‍य... आइतबार, जेठ २५, २०८२
ताजा समाचारसबै
टी-२० विश्वकप ग्लोबल छनोटका लागि क्यानले बन्द प्रशिक्षणमा बोलायो २० खेलाडी बुधबार, पुस २, २०८२
राष्ट्रिय सभा निर्वाचनका लागि तोकियो मतदान केन्द्र बुधबार, पुस २, २०८२
पूर्वसचिव कार्कीसहितका ४ प्रतिवादीविरुद्ध मुद्दा दायर बुधबार, पुस २, २०८२
एक महिना समय थप गर्न प्रधानमन्त्रीसमक्ष ‘जाँचबुझ आयोग’ को आग्रह बुधबार, पुस २, २०८२
प्रधानमन्त्रीसँग चिनियाँ राजदूत सोङको भेटवार्ता बुधबार, पुस २, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
ओली प्यानलबाट रघुजी पन्त उपाध्यक्षका उम्मेदवार मंगलबार, पुस १, २०८२
ओलीको समूहमा समेटिए सुहाङ नेम्वाङ र अमित लामा मंगलबार, पुस १, २०८२
ओलीको साथ छोड्दै ईश्वर प्यानलको सचिवमा समेटिए अग्नि खरेल मंगलबार, पुस १, २०८२
मतदान सकिएको दुई घण्टाभित्र नतिजा आउने बुधबार, पुस २, २०८२
संसद् विघटनविरुद्ध कांग्रेसको रिटमा कारण देखाऊ आदेश बुधबार, पुस २, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
महेश बस्नेत भन्छन्– प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीले ओलीलाई गिरफ्तार गर्ने सल्लाह गरे बिहीबार, मंसिर २५, २०८२
एमाले महाधिवेशन: नेतृत्व लिन होड, ज्ञवाली र शाक्यद्वारा सक्रिय राजनीतिबाट सन्यास आइतबार, मंसिर २८, २०८२
सरकार र जेनजीबिच भएको सहमतिका यी हुन् दश बुँदा :  ‘नो भोट’ देखि सम्पत्ति छानबिनसम्म (पूर्णपाठ) बुधबार, मंसिर २४, २०८२
एमाले महाधिवेशनः ईश्वर प्यानलबाट सुरेन्द्र पाण्डे महासचिवका उम्मेदवार, गोकर्ण उपाध्यक्ष र योगेश उपमहासचिव सोमबार, मंसिर २९, २०८२
एनपीएल २ : क–कसले के जिते? शनिबार, मंसिर २७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्