काठमाडौं– स्पेनिस ला लिगाअन्तर्गत रियल मड्रिडले सहज जित निकालेको छ। आइतबार राति सम्पन्न खेलमा रियलले १० खेलाडीमा सीमित ग्रानडालाई ४–१ गोल अन्तरले हराएको हो।
ग्रानडाको मैदानमा सम्पन्न खेलको १९औं मिनेटमा मार्कुस एसेन्सियोले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए।
खेलको २५ औं मिनेटमा नाचोले गोल गर्दै रियलको अग्रता दोब्बर बनाए।
खेलको ३४ औं मिनेटमा लुइस सुआरेजले गोलसँगै ग्रानडालाई २–१ को स्थितिमा पुग्यो। खेलको ५६ औं मिनेटमा भिनियस जुनियरले गोल गर्दै टिमको रियललाई ३–१ को स्थितिमा पुर्याए।
खेलको ६७ औं मिनेटमा मोन्चुले रातो कार्ड पाएपछि ग्रानडा १० खेलाडीमा समेटियो। त्यसपछि खेलको ७६ औं मिनेटमा फेर्लाण्ड मेन्डीले गोल गर्दै रियललाई ४–१ को जित दिलाए।
जितसँग १३ खेलबाट ३० अंक जोडेको रियल अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। पराजित ग्रानडा ११ अंकका साथ १८औं स्थानमा रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।