काठमाडौं– इंग्लिस प्रिमियर लिगअन्तर्गत शनिबार सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेड वाट्फोर्डसँग ४–१ गोल अन्तरले पराजित भएपछि मुख्य प्रशिक्षक ओले गन सोल्सार बर्खास्त भएका छन्।
क्लबको बोर्ड बैठकले उनलाई बर्खास्त गर्ने निर्णय गरेको हो। सोल्सारको प्रशिक्षणमा युनाइटेड प्रिमियर लिग अन्तर्गत पछिल्ला पाँच मध्ये चार खेलमा पराजित भएको छ।
उनको बर्खास्तीसँगै क्षतिपूर्ति तथा अन्य प्रक्रियाको बारेमा समेत छलफल भइसकेको क्लबले जानकारी दिएको छ।
सोल्सारको बर्खास्ती सँगै क्लबको प्रथम टिम प्रशिक्षक माइकल क्यारिक तथा टिमका टेक्निल निर्देशक ड्यारेन फ्लेचरलाई अन्तरिम प्रशिक्षकको जिम्मेवारी दिइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।