काठमाडौं– स्पेनिस ला लिगाअन्तर्गत गएराति सम्पन्न खेलमा बार्सिलोनाले स्पान्योललाई पराजित गरेको छ। घरेलु मैदान नोउ क्याम्पमा सम्पन्न खेलमा बार्सिलोनाले १–० ले जित हात पारेको हो।
बार्सिलोनाको जितमा खेलको दोस्रो हाफमा मेम्फिस डिपाएले पेनाल्टीमार्फत गरेको गोल नै निर्णायक बन्यो। पेनाल्टी बक्समा डिपाएलाई लियान्द्रो काब्रेराले फउल गरेपछि रेफ्रीले बार्सिलोनालाई पेनाल्टी प्रदान गरेका थिए।
नयाँ प्रशिक्षक जाभी हर्नान्डेजले बार्सिलोनालाई आफ्नो प्रशिक्षणको पहिलो खेलमै जित दिलाए। जाभी दुई साताअघि बार्सिलोनाको मुख्य प्रशिक्षक बनेका थिए।
जितसँगै बार्सिलोना १३ खेलबाट २० अंक जोडेर छैटौं स्थानमा उक्लिएको छ। बार्सिलोना शीर्षस्थानको सेभिया र रियल सोसिडाडसँग ८ अंकले पछि छ। पराजित स्पान्योल १७ अंक जोडेर ११औं स्थानमा रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।