काठमाडौं- नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङले माल्दिभ्सको शीर्ष डिभिजन क्लब माजिया स्पोर्ट्स एन्ड रिक्रिएसन क्लबबाट खेल्ने भएका छन्।
शुक्रबार माल्दिभ्स प्रस्थान गरेका किरणले शनिबार क्लबसँग सम्झौता गरेका हुन्। उनले एक सिजन साविक विजेता माजियाबाट खेल्नेछन्।
यसअघि माल्दिभ्सकै टिसी स्पोर्ट्सका लागि खेल्दै किरणले लिग उपाधिसँगै उत्कृष्ट गोलरक्षक घोषित भएका थिए।
किरणले यसअघि भारतको राउन्डग्लास पन्जाबको कप्तानी गरेका थिए। त्यसअघि मिनेर्भा पन्जाबबाट आई लिग जितेका उनी त्यहाँ पनि उत्कृष्ट गोलरक्षक घोषित भएका थिए।
किरणकै कप्तानीमा नेपालले गत महिना माल्दिभ्समा सम्पन्न साफ च्याम्पियनसिपमा फाइनल यात्रा तय गरेको थियो।
पहिलो पटक फाइनल पुगेको नेपाल भारतसँग ३-० ले पराजित भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।