काठमाडौं- इंग्लिस प्रिमियर लिगमा शीर्षस्थानमा रहेको चेल्सीले लेस्टर सिटीविरुद्ध सानदार जित निकालेको छ।
किङ पावर स्टेडियम शनिबार राति भएको खेलमा चेल्सीले घरेलु टोली लेस्टरमाथि ३–० को जित निकालेको हो।
चेल्सीको जितमा एन्टोनियो रुडिगर, एङ्गोलो कान्टे र क्रिस्टियन पुलिसिसले गोल गरे।
खेलको १४औं मिनेटमा एन्टेनियोको गोलबाट चेल्सीले अग्रता लिएको थियो। उनले बेन चिलवेलको पासमा गोल गरे।
२८औं मिनेटमा कान्टेले गोल गर्दै चेल्सीको अग्रता दोब्बर पारे। उनले रिस जेम्सको पासमा गोल गरे। पहिलो हाफमा दुई गोल गरेको चेल्सीले दोस्रो हाफमा एक गोल गर्यो।
७१औं मिनेटमा वैकल्पिक खेलाडी पुलिसिसले गोल गरे। पुलिसिसले हाकिमी जियाचको पासमा गोल गरेका थिए।
उनी ६२औं मिनेटमा काई हाभर्टजको स्थानमा मैदान छिरेका थिए।
जितसँगै शीर्षस्थानमा रहेको चेल्सीको १२ खेलबाट २९ अंक पुगेको छ। दोस्रो स्थानको म्यानचेस्टर सिटी ६ अंकले पछि छ। पराजित लेस्टर १५ अंक जोडेर १२औं स्थानमा रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।