काठमाडौं– शहीद स्मारक 'ए' डिभिजन लिग फुटबलमा आज (शनिबार) दुई खेलहरु हुँदैछन्।
पहिलो खेलामा हिमालयन शेर्पा क्लब र संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ। हिमालयन शेर्पा र संकटाबीचको खेल दिउँसो १ बजेदेखि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ।
हिमालयन शेर्पा विश्वास श्रेष्ठको कप्तानीमा मैदान उत्रिनेछ भने संकटाको कप्तानी रबि सिलवालले गर्ने छन्। दुवै टिम पहिलो खेलामा जित निकाल्दै सिजनको सुखद सुरुवात गर्ने योजनामा छन्।
दोस्रो खेलमा थ्री स्टार र च्यासल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ। थ्री स्टार र च्यासलबीचको खेल ४:४५ बजे सुरु हुनेछ।
थ्री स्टार बिक्रम लामाको कप्तानीमा मैदान उत्रने छ भने च्यासलको कप्तानी बिराज महर्जनले गर्नेछन्।
शुक्रबारदेखि सुरु भएको लिगको पहिलो खेलामा सातदोबाटो युथ क्लब र फ्रेन्ड्स क्लब बराबरीमा रोकिएका छन्।
लिगमा 'ए' डिभिजनका १४ क्लबले प्रतिस्पर्धा गरिरहेका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।