१) एमसीसी पारित गर्न प्रचण्डलाई अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले दिए ‘अल्टिमेटम’, मंसिर २८ गतेसम्म कुनै जवाफ नदिए फिर्ता लैजान सक्ने संकेत (एमसीसी पास गर्न दबाब)
२) प्रधानन्यायाधीश राणाको राजीनामा माग गर्दै आन्दोलनमा रहेका न्यायाधीशहरुले २४ दिनपछि हेरे नियमित मुद्दा, १८ जना न्यायाधीशले ९ वटा संयुक्त र १ एकल इजलासबाट गरे सुनुवाइ (नियमित मुद्दामा फर्किए न्यायधीश)
३) योगगुरु रामदेव र आचार्य बालकृष्णलाई नेपालमा आयुर्वेदिक औषधि बनाउन जग्गा दिने प्रधानमन्त्री शेरबहादुर देउवाको घोषणा, योगगुरु रामदेव वैज्ञानिक र आफूजस्तै क्रान्तिकारी भएको प्रचण्डको टिप्पणी (व्यवसाय विस्तार गर्दै रामदेव)
४) भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा विवादित तीन कृषि कानुन फिर्ता लिने घोषणा, देशका साना किसानलाई फाइदा पुग्ने गरि कानुन ल्याएपनि सम्झाउन नसकेको टिप्पणी (किसान आन्दोलनले गले मोदी)
५) र, सहिद स्मारक ए डिभिजन लिगको नयाँ संस्करण आजदेखि सुरु, लिगको पहिलो खेलमा यसै सिजन बढुवा भएको टोली सातदोबाटो युथ क्लबले खेल्यो फ्रेन्ड्स क्लबसँग बराबरी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।