काठमाडौं- साफ यू-१९ महिला फुटबल च्याम्पियनसिपका लागि नेपालले आइतबारबाट टिमको प्रशिक्षण सुरु गर्ने भएको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले बंगलादेशमा आयोजना हुने यू-१९ महिला टिमको तयारी आइतबारबाट सुरु गर्ने भएको हो।
प्रतियोगिता डिसेम्बर ११ देखि २२ तारिखसम्म ढाकामा आयोजना हुनेछ। प्रतियोगितामा ५ टिमले सहभागिता जनाउने छन्।
आयोजक बंगालदेशसँगै नेपाल, भुटान, भारत र श्रीलंकाले प्रतियोगितामा भाग लिने छन्।
राउन्ड रोविनका आधारमा हुने प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेल आयोजक बंगालदेशविरुद्ध ११ डिसेम्बरमा खेल्नेछ।
दोस्रो खेल श्रीलंकाविरुद्ध १५ तथा तेस्रो खेलमा भुटानविरुद्ध १७ डिसेम्बरमा खेल्ने छ।
चौथो खेल नेपालले भारतविरुद्ध १९ डिसेम्बरमा खेल्ने छ।
राउन्ड रोविन खेलपछि शीर्ष दुई टोली फाइनलमा प्रवेश गर्ने छन्। फाइनल २२ डिसेम्बरमा हुने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।