काठमाडौं– फिफा विश्वकप छनोटअन्तर्गतको अर्जेन्टिना र ब्राजिलबीचको खेल बराबरीमा सकिएको छ।
विश्वकपको दक्षिण अमेरिकी छनोटअन्तर्गत बुधबार बिहान अर्जेन्टिना र ब्राजिलले गोलरहित बराबरी खेल्दै अंक खेल्दै अंक बाडेका हुन्।
अर्जेन्टिनाको घरेलु मैदानमा सम्पन्न खेलमा दुबै टोलीले पाएको मौकालाई सदुपयोग गर्न नसक्दा खेल बराबरीमा सकिएको हो।
यस बराबरीसँगै १३ खेलबाट ब्राजिलको ३५ अंक पुगेको छ।छनोटको शीर्ष स्थानमा रहेको ब्राजिल यसअघि नै कतार विश्वकपमा छनोट भइसकेको छ।
समान १३ खेलबाट २९ अंक जोडेको अर्जेन्टिना समूहको दोस्रो स्थानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।