काठमाडौं– नेदरल्यान्ड्स कतारमा आयोजना हुने फिफा विश्वकप २०२२ मा छनोट भएको छ।
मंगलबार राति छनोट खेलमा नर्वेलाई २–० गोल अन्तरले पराजित गर्दै नेदरल्यान्ड्सले विश्वकपमा स्थान पक्का गरेको हो। जितसँगै समूह जी बाट नेदरल्यान्ड्सले विश्वकपमा स्थान पक्का गरेको हो ।
नेदरल्यान्ड्सको जितमा स्टेभेन वर्गवाइन र मेम्फिस डिपेले गोल गरे। खेलको अन्तिमतिर गोल गर्दै नेदरल्यान्ड्सले विश्वकपमा स्थान पक्का गरेको हो।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ८४ औं मिनेटमा स्टेभेनले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए।
खेलको इन्जुरी समयमा डिपेले गोल गर्दै नेदरल्यान्ड्सलाई २–० को जित दिलाए। नेदरल्यान्ड्सले १० खेलमा २३ अंक जोड्यो। नर्वे भने १८ अंकका साथ तेस्रो स्थानमा रहेको नर्वे विश्वकपमा छनोट हुन सकेन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।