काठमाडौं– नबिल बैंकसँग मर्जको चर्चा चलेपछि नेपाल बंगलादेश बैंकको शेयर मूल्य एकाएक बढेको छ।
बुधबार नेपाल बंगलादेश बैंक (एनबीबी)को शेयर मूल्य १० प्रतिशतले बढेर ३५८ रुपैयाँ प्रतिकित्ता पुगेको छ। १० प्रतिशतले मूल्य बढेपछि मंगलबार एनबीबीको करोबारमा सकारात्मक सर्किट समेत लाग्यो।
नबिल बैंकका संस्थापक शेयरधनी (लगानीकर्ता) विनोद चौधरीले बंगलादेशको इन्टरनेशनल फाइनान्स इन्भेस्टमेन्ट एण्ड कमर्स (आईएफआईसी) बैंकको स्वामित्वमा रहेको संस्थापक शेयर खरिद गर्ने बाटो खुलेपछि नबिल र एनबीबीबीच मर्जर हुने चर्चा चलेको हो।
एनबीबीको संस्थापक शेयरधनी आईएफआईसीले आफ्नो स्वामित्वमा रहेको सम्पूर्ण शेयर बिक्री गर्न लागेको हो। जुन शेयर विनोद चौधरीले खरिद गर्न लागेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।