काठमाडौं– जीवन विकास लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमासको अपरिष्कृत वित्तिय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार संस्थाले समीक्षा अवधिमा १७ करोड ६६ लाख ९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ।
उक्त नाफा गत वर्षको सोही अवधिको तुलनामा ३५.३९ प्रतिशतले धेरै रहेको कम्पनीले जनाएको छ। पहिलो त्रैमाससम्म आइपुग्दा संस्थाको खुल ब्याज आम्दानी ३८ करोड ३४ लाख ९३ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। उक्त आम्दानी गत वर्षको यसै अवधिको तुलनामा ४४.२७ प्रतिशतले धेरै हो।
संस्थाको प्रतिसेयर आम्दानी १ सय १६ रूपैयाँ ११ पैसा तथा प्रतिसेयर नेटवर्थ ३ सय ७१ रूपैयाँ ७७ पैसा रहेको विवरणमा उल्लेख छ। चुक्ता पूँजी ६० करोड ४० लाख रुपैयाँ रहेको संस्थाको जगेडा कोषमा १ अर्ब ४९ करोड ७१ लाख ५७ हजार रुपैयाँ सञ्चित छ।
समीक्षा अवधिमा संस्थाले १५ करोड ८३ लाख १४ हजार रुपैयाँ सञ्चालन नाफा कमाएको छ। संस्थाले हालै मात्र प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका कुल १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको १९ लाख ७७ हजार ३ सय कित्ता आईपीओ निष्कासन तथा बिक्री खुला गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।