काठमाडौं– विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ।
लघुवित्त सञ्चालक समिति सोमबार सम्पन्न बैठकले गत आर्थिक वर्षसम्मको वितरणयोग्य मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो।
लघुवित्तले हाल कायम चुक्ता पूँजीको २०.०३१ प्रतिशत बोनस सेयर र १.०५४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
लघुवित्तले प्रस्ताव गरेको कुल २१.०८५ प्रतिशत लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ।
हाल २६ करोड ६५ लाख ९७ हजार ४८५ रुपैयाँ रहेको लघुवित्तको चुक्ता पूँजी बोनस सेयर वितरणपछि ३२ करोड रुपैयाँ पुग्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।