काठमाडौं– नेशनल हाइड्रोपावर कम्पनी लिमिटेड (एनएचपीसी)ले सेयरधनीलाई २० प्रतिशतसम्म लाभांश बाँड्ने भएको छ।
सुनकोशी हाइड्रोपावरमा गरेको लगानी ‘राइट ब्याक’ भएसँगै २० प्रतिशतसम्म बोनस सेयर दिन सक्ने अवस्थामा कम्पनी पुगेको वित्तीय विवरणमा उल्लेख छ।
नेशनलले प्रतिस्पर्धाबाट तल्लो इन्द्रावती आयोजनाको आशयपत्र पाएको छ। आयोजना निर्माणको लाइसेन्स प्रक्रिया अघि बढेको कम्पनीको भनाइ छ।
हाल १ अर्ब ३९ करोड ५९ लाख रुपैयाँ रहेको कम्पनीको चुक्ता पुँजी बोनस सेयर वितरणपछि करिब २ अर्ब रुपैयाा पुग्ने कम्पनीले जनाएको छ।
कम्पनीले प्रवर्द्धन गरेको १४ मेगावाटको इर्खुवाखोला जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।