काठमाडौं– सुपर मादी हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि सेयर निष्कासनको तयारी गरेको छ।
कम्पनीले सर्वसाधारणलाई ३१ लख ५० हजार कित्ता आईपीओ निष्कासन प्रक्रिया अगाडि बढाएको छ। सेयर निष्कासन तथा विक्री प्रबनधकसम्बन्धी काम गर्न कम्पनीले प्रभु क्यापिटललाई नियुक्त गरेको हो।
सम्झौतामा कम्पनीकातर्फबाट कार्यकारी पुष्पज्योति ढुंगाना तथा प्रभु क्यापिटलका प्रबन्ध निर्देशक दिनेश थकालीेले हस्ताक्षर गरेका हुन्। कम्पनीले कास्कीको मादी नदीमा ४४ मेगावाट क्षमताकोे जलविद्युत् आयोजना निर्माण गरिरहेको छ।
हालसम्म कम्पनीको ८० प्रतिशत भौतिक कार्य सम्पन्न गरेको र कम्पनीले सेयर निष्कासनको अनुमतिको लागि विद्युत् नियमन आयोगमा निवेदन पेश गरिसकेको छ।
नियमन आयोगको स्वीकृतिपछि नेपाल धितोपत्र बोर्डमा अनुमतिका लागि निवेदन पेश गर्ने कम्पनीको तयारी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।