काठमाडौं– स्विट्जरल्यान्ड अर्काे वर्ष कतारमा आयोजना हुने फिफा विश्वकप २०२२ को लागि छनोट भएको छ। समुह सीको विजेता बन्दै स्विट्जरल्यान्ड विश्वकपमा छनोट हुँदा युरो विजेता इटालीले भने प्ले अफ खेल्नुपर्ने भएको छ।
छनोट चरणको अन्तिम खेलमा बुल्गेरियामाथि ४–० को जित निकाल्दै स्विट्जरल्यान्डले विश्वकपमा स्थान पक्का गरेको हो। इटाली नर्दन आयरल्यान्डसँग गोलरहित बराबरीमा राकिएपछि स्विट्जरल्यान्डको विश्वकप पक्का भएको हो।
घरेलु मैदानमा स्विट्जरल्यान्डको जितमा नोआओकाफोर, रुवेन भार्गस, सेडरिक इटेन र रेमो फ्रिउलरले गोल गरे स्विट्जरल्यान्डको चारै गोल दोस्रो हाफमा भएको थियो।
जितपछि स्विट्जरल्यान्डले समूह ‘सी’ मा ८ खेलबाट १८ अंक जोड्यो। पराजित बुल्गेरिया ८ अंक जोडेर चौथो स्थानमा रह्यो। इटाली १६ अंक जोडेर दोस्रो स्थानमा रह्यो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।