काठमाडौं– इंग्ल्यान्ड कतारमा आयोजना हुने फिफा विश्वकप २०२०मा छनोट भएको छ। युरोपियन छनोट अन्तर्गत सोमबार राति सान मारिनोलाई १०–० गोल अन्तरले पराजित गर्दै समूह ‘आई’को इंग्ल्यान्डले विश्वकपमा स्थान पक्का गरेको हो।
इंग्ल्यान्डको जितमा ह्यारी केनले ह्याट्रिकसहित चार गोल गर्दा ह्यारी मग्वाएर, इमिल स्मिथ, ट्य्रोन मिङ्स, टामी इब्राहिम र बुकायो साकाले एक÷एक गोल गरे।
इंग्ल्यान्डले एउटा गोल उपहार पाएको थियो। सान मारिनोका फिलिप्पो फाब्रीले आत्मघाती गोल गरेका हुन्।
जितसँगै इंग्ल्यान्डले १० खेलमा २६ अंक जोड्यो भने सान मारिनोले १० खेलमा अंक जोड्न सकेन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।