• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३१, २०८३ Sat, Oct 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कर्पोरेट

बलियो सरकार भएकाले नेपालले चीनसँग दीर्घकालीन योजनामा कुरा गर्न सक्छ : राजन भट्टराई

64x64
नेपाल लाइभ सोमबार, असार ४, २०७५  ०४:११
1140x725

अघिल्लो पटक प्रधानमन्त्री हुँदा केपी शर्मा ओलीको चीन भ्रमण (०७२ चैत ७-१४) मा १० बुँदे सहमति तथा समझदारीपत्र आदानप्रदान र १५ बुँदे संयुक्त वक्तव्य जारी भएको थियो। त्यसबेला कमजोर सरकार भए पनि भारतले भर्खरै लगाएको नाकाबन्दीका कारण सो भ्रमण र सम्झौतालाई महत्त्वपूर्ण रुपमा हेरिएको थियो।

यसपटक प्रधानमन्त्री ओली असार ५ गते ५ दिने चीन भ्रमणमा जाँदैछन्। अहिले राजनीतिक परिदृश्य धेरै बदलिएको छ। उनी अधिक बलियो सरकारको नेतृत्व गरिरहेका छन्, भारतसँगको सम्बन्ध 'नयाँ उचाइ'मा पुगेको छ र बहसमा विकास र समृद्धि छ।

फरक परिस्थिति, सपना र सम्भावनाका बीच प्रधानमन्त्रीले गर्न लागेको चीन भ्रमणलाई अहिले चासोका साथ हेरिएको छ। यसै सन्दर्भमा रहेर परराष्ट्र मामिलाका जानकार राजन भट्टराईसँग नेपाल लाइभका किशोर दहालले गरेको कुराकानीः

अघिल्ला प्रधानमन्त्रीहरु र प्रधानमन्त्री केपी शर्मा ओलीकै अघिल्लो चीन भ्रमणभन्दा यसपटकको भ्रमण के–कति कारणले फरक छन्?

समयको हिसाबले नै फरक छ। नेपालमा आएको राजनीतिक परिवर्तनका हिसाबले पनि फरक छ। अघिल्लो पटक प्रधानमन्त्री ओली चीन भ्रमणमा जाँदा फरक खालको परिस्थिति थियो। अहिले हामी अर्कै राजनीतिक परिस्थितिमा छौं। खासगरी संविधान निर्माणपछि त्यसको कार्यान्वयनका चरण अन्तर्गत हामीले तीन वटा निर्वाचन सम्पन्न गरिसकेका छौं। त्यो चुनावले नेपाल राजनीतिक स्थायित्वतर्फ अगाडि बढेको छ। विकास र समृद्धिका नयाँ एजेन्डाहरु अहिले प्राथमिकतामा परेको छ। यस्तै कारणले यो भ्रमण फरक छ भन्न सकिन्छ।

यसपटक तीन चौथाइको समर्थन प्राप्त बलिया प्रधानमन्त्री चीन भ्रमणमा जाँदै हुनुहुन्छ। त्यसले पनि केही अर्थ राख्छ कि? विशेषगरी दुई देशबीच हुने सम्झौतामा त्यसले कस्तो प्रभाव पार्ला?

दुई देशबीच हुने सम्झौतामा यहाँको समर्थनले खासै फरक पार्दैन। किनभने, कम मात्रै समर्थन प्राप्त हुँदा कमजोर भएर प्रस्तुत हुनुपर्ने र बलियो समर्थन पाउँदा बलियोगरी उभिनुपर्ने हुँदैन। अर्को देशसँग सम्झौता गरिरहँदा राष्ट्रहित र जनहितलाई ध्यानमा राखेर गर्ने हो। त्यो जहिले पनि हेर्नुपर्छ। 

नेपालमा लामो समयसम्म राजनीतिक स्थायित्व नभएका कारण प्रत्येक पटक भ्रमणमा जाने प्रधानमन्त्री कतिञ्जेल सरकारमा रहने हुन् भन्ने आशंका अर्को देशमा हुन्थ्यो नै। तर, अहिले प्रधानमन्त्री भ्रमण सकेर नेपाल फर्किँदा उहाँको भविष्य के हुने हो भन्ने अन्योल छैन। दीर्घकालीन योजनाहरु बनाएर त्यसलाई कार्यान्वयनमा लिएर जानसक्ने सरकार अहिले छ। त्यही आत्मविश्वासका साथ प्रस्तुत हुने एउटा कुरा हो।

Ncell 2
Ncell 2
nimb
nimb

अहिले सरकार-सरकारबीचको सम्बन्धको पाटो एउटा छ भने हाम्रो विकास र समृद्धिका लागि अन्तर्राष्ट्रिय लगानीका लागि उनीहरुका वैदेशिक लगानीकर्तालाई बोलाउनुपर्ने र लगानी अभिवृद्धि गर्नुपर्ने अवस्था छ। चिनियाँ लगानीकर्ताहरु संसारभर नै भौतिक पूर्वाधारमा लगानी गर्नेमा अघिल्ला नम्बरमा पर्छन्। उनीहरुले नेपालमा पनि लगानी गर्ने सम्भावना बढी छ। नेपालमा उनीहरुको लगानी बढाउन स्थायी सरकार भएकाले हामीलाई सहज हुन्छ। हामीले उनीहरुलाई नीतिगत सुधारको विश्वास पनि दिलाउन सक्छौं।

हाम्रा सरकारहरु प्राय ९ महिना तथा एक वर्षे हुने गरेका थिए। यसैले प्रधानमन्त्रीहरु विदेश भ्रमणमा तत्काल देखाउन मिल्ने योजनाहरुमा बढी केन्द्रित हुने गरेका थिए। अहिले त्यस्तो अवस्था छैन। अर्कोतिर, चीन पछिल्लो समय दीर्घकालीन योजनाहरुमा केन्द्रित भएको पाइन्छ। हामी बलियो भएको र चीनले दीर्घकालीन योजनामा ध्यान दिने अवस्थालाई ख्याल गरेर हामीले कस्ता योजना प्रस्ताव गर्ने तयारी छ?

हामीले देश र जनताको हित हुने तथा विकास र समृद्धिका योजनालाई केन्द्रमा राख्ने हो। यस्तो अवस्थामा हाम्रो भौतिक पूर्वाधार, सडक, विद्युत्, पर्यटन, कृषि र रेलजस्ता कुरालाई प्राथमिकताका साथ उठाउने हो। यस्तै कुरामा छलफल गर्ने हो। त्यसमा कुन योजनालाई कुन मोडालिटीमा, कुनलाई अनुदानमा, कुनलाई सस्तो ऋणमा भन्ने जस्ता छुट्याउने कामचाहिँ हामीले हाम्रो आधारमा गर्छौं। हाम्रो अवस्थाका आधारमा निर्धारण गर्छौं।

प्रधानमन्त्रीको चीन भ्रमणका केही एजेन्डा सार्वजनिक भइसकेका छन्। सम्झौता नै हुनसक्ने विषय मूलभूत रुपमा कस्ता हुनेछन्?

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

यसबारे प्रधानमन्त्रीले भन्नुभएको र हामीले बुझेको भनेको अघिल्लो भ्रमणका बेलामा भएको दसबुँदे सम्झौताको कार्यान्वयन नै प्राथमिकतामा छ। परराष्ट्रमन्त्रीले पनि त्यही कुरा बताइरहनुभएको छ। त्यही सम्झौता नै प्रभावकारी कार्यान्वयनका लागि जोड दिने मुख्य विषय हो।

हाम्रो दुई देशीय सम्झौताको समस्या नै सम्झौता हुने तर कार्यान्वयन नहुने हो। यसपटक त्यसको केही बलियो सुनिश्चितता खोजिन्छ कि?

हाम्रा सरकार फेरिइरहने भएकाले पनि सम्झौता कार्यान्वयन नै नहुने अवस्था सिर्जना गरेको हो विगतमा। तर, अब त्यो समस्याको अन्त्य भएको छ। अब अहिलेका प्रधानमन्त्री गएर आएपछि केही समयमै सरकारको नेतृत्वमा अर्को को आउने भन्ने अवस्था छैन। अब हामीले भएका सम्झौता कार्यान्वयनका लागि निरन्तर प्राथमिकतामा राख्न सक्ने भएकाले अगाडि र अहिलेको स्थितिमा यो नै ठूलो फरक हो।

हामीकहाँ चीनप्रति निकै ठूलो आशा छ। उसले ठूलो परियोजनामा लगानी गर्ने विषयमा केही संकेतहरु पनि गरेको छ?

अहिले दुई पक्षीय कागजपत्र आदानप्रदान भइरहेको छ। तर, कुनकुन कुरा टुंगियो वा टुंगिने अवस्थामा पुगेको छ भन्ने कुरा म 'अफिसियल' व्यक्ति नभएकाले भन्न सक्दिनँ। तर, सकारात्मक वातावरणमा सहमतितर्फ अगाडि बढिरहेको मैले जानकारी पाएको छु।

कागजपत्रमा आदानप्रदान भइरहेका विषय र क्षेत्रहरु कस्ता छन्?

मैले अघि भनेकै विषयहरु हुन्। विशेषगरी कनेक्टिभिटीलाई बढाउने सडक र रेलको क्षेत्रमा, ट्रान्समिसन लाइनका विषयमा, पुलहरु निर्माणका विषयमा कागजपत्र आदानप्रदान भइरहेका छन् भन्ने मेरो जानकारीमा छन्।

कनेक्टिभिटीका कुरा धेरै आउँछन्। तर, भूकम्पपछि बन्द भएको तातोपानी नाका अझै खुल्न सकेको छैन। अन्य नाका पनि भरपर्दा छैनन्। देख्दा सामान्य लाग्ने यति काम पनि नभएको अवस्थामा ठूला कुरा होला भनेर कसरी पत्याउने?

तातोपानी र केरुङ–रसुवागढीमा अर्को पुल बनाउन सहमति हुँदै छ भन्ने कुरा आएको छ। यसले त ती नाका खोल्ने कुराको सुनिश्चितता नै गर्‍यो नि।

पुराना सम्झौताको कार्यान्वयन हुने कुरामा यो भ्रमणले केही आधार तय गर्ला?

विभिन्न क्षेत्रमा भएका पुराना सम्झौता कार्यान्वयनमा लिएर जानका लागि थप केही सम्झौता गर्नुपर्ने हुन्छ। ती सबै कुरा हुन्छन्।

बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई)को विषयमा नेपाली पक्ष अस्पष्ट रहेको भनिन्छ। खासगरी त्यस अन्तर्गतको परियोजनामा लगानीका स्वरुप र परियोजना पहिचानको विषयमा खासै प्रगति नभइरहेको कुरा समाचारमा आउने गरेका छन्। खास अवस्था के हो?

बिआरआई भनेपछि एउटा मात्रै सेक्टर समेटिएको होइन भनेर हामीले बुझ्नुपर्छ। यो मल्टिसेक्टरल प्रोजेक्ट हो। त्यहाँभित्र मल्टिडाइमेन्सनल प्रोजेक्टहरु छन्। बिआरआई अन्तर्गतका परियोजनामा कसरी अगाडि बढ्ने भनेर हामीले त्यही तहबाट उनीहरुसँग 'डिल' गर्नुपर्छ। उनीहरुको प्राथमिकता र हाम्रो प्राथमिकता मिल्नुपर्छ।

बिआरआई अन्तर्गतका परियोजनामा हाम्रो प्राथमिकतामा हामी नै स्पष्ट हुन नसकेकाले काम अघि बढ्न नसकेको भनिन्छ नि!

त्यस्तो छैन। हामीले हाम्रो प्राथमिकता निर्धारण गरेरै पठाएका छौं भन्ने बुझेको छु मैले।

सन् २०१५ मा चीन र भारतबीच भएको एउटा सम्झौतामा नेपालको लिपुलेक पनि जोडिन पुगेको थियो। त्यतिबेला नेपालमा विरोध भएपछि चीनले लिपुलेक नेपालकै हो भन्ने प्रमाण प्रस्तुत गरे सम्झौता सच्याउन तयार छौं भनेको थियो। प्रधानमन्त्रीले चीनलाई देखाउन प्रमाण तयार गर्नुभएको छ?

यस विषयमा तपाईंलाई मैले ठ्याक्कै केही भन्न सक्दिनँ। त्यस विषयमा अध्ययन गर्न हामीले एउटा कार्यविधि बनाएका थियौं। त्यो कार्यदलको रिपोर्ट नहेरीकन त्यस विषयमा बोल्न सकिँदैन। त्यस्ता विवादित विषयको निदान कूटनीतिक छलफलबाटै टुंग्याउनुपर्छ भन्ने हाम्रो मान्यता छ। लिपुलेकको बारेमा पनि हामी हाम्रा धारणामा पहिले प्रस्ट भइसकेपछि दुवै छिमेकीसँग कुरा अगाडि बढाउनुपर्छ।

प्रकाशित मिति: सोमबार, असार ४, २०७५  ०४:११

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
सम्बन्धित सामग्री
म्याक्स टाइगरको दसैँ धमाका : स्कुटर र मोटरसाइकल जित्नेको संख्या ५ पुग्यो अभियानअन्तर्गत बुटवलका नरबहादुर ठोक्करले यामाहा रे जेडआर स्कुटर र धनगढीका मोहन श्रेष्ठले यामाहा एफजेड एफआई मोटरसाइकल जितेका छन्। बिहीबार, असोज २९, २०८३
दशैँको अवसरमा HONOR नेपालद्वारा ५०० प्रमुख रिटेलर्ससँग खुसी साटासाट रिटेलर्सका लागि सरप्राइजका रूपमा आयोजना गरिएको यस कार्यक्रममा सेल्ट्रोन नेपालको टोली विभिन्न रिटेल स्टोरमा पुगेर केक काट्नुका साथै द... सोमबार, असोज २६, २०८३
एक्स्ट्रिम म्युजिक सिरिजको धमाकेदार सुरुवात ः नेपाली सङ्गीतमा नयाँ बीट, नयाँ भाइब ! अक्टोबर १० देखि औपचारिक रूपमा सुरु भएको यस सिरिजले मौलिक सङ्गीत र नवीन दृश्य प्रस्तुतिमार्फत दर्शक तथा श्रोतामाझ फरक अनुभव प्रदान गर... आइतबार, असोज २५, २०८३
ताजा समाचारसबै
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त शनिबार, असोज ३१, २०८३
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ? शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्