काठमाडौं- स्टडी ग्रुपले विश्वका विभिन्न विश्वविद्यालयहरुसँग सहकार्य अगाडि बढाएको छ। ग्रुपले ल्यान्कास्टर युनिभर्सिटी (इङ्ल्याण्ड), टेसाइड युनिभर्सिटी (इङ्ल्याण्ड), युनिभर्सिटी अफ एबरडीन (स्कटल्याण्ड) र डिपाउल युनिभर्सिटी (शिकागो) लगायतका विभिन्न संस्थाहरूसँग साझेदारी गरेको छ।
विदेशमा अध्ययन गर्न जाने नेपाली विद्यार्थीहरुलाई त्यहाँ गुणस्तरीय शिक्षा र कार्य अनुभवमा पहुँच प्रदान गर्न विभिन्न विश्वविद्यालयहरुसँग सहकार्य गरिएको ग्रुपले जानकारी दिएको छ।
'सन् २०२० देखि अन्तर्राष्ट्रिय विश्वविद्यालयहरूमा भर्ना हुने नेपाली विद्यार्थीहरूको संख्या ३६ प्रतिशतले बढेको छ। वास्तवमा, गत वर्षदेखि, ५५ प्रतिशत नेपाली विद्यार्थीहरूले उत्तर अमेरिकाको आफ्नो मनपर्ने विश्वविद्यालयहरूमा आवेदन दिएका थिए। त्यसैगरी बेलायतका विश्वविद्यालयहरूमा ४५ प्रतिशत र १० प्रतिशतले अस्ट्रेलियालाई आफ्नो मनपर्ने गन्तव्यको रूपमा रोजेका थिए। यी मध्ये अधिकांश विद्यार्थीहरु नेपालका बागमती, गण्डकी र लुम्बिनी प्रदेशका रहेका छन्,' ग्रुपद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
बेलायत, युरोप, अस्ट्रेलिया, न्यूजिल्याण्ड र उत्तर अमेरिकाका विभिन्न विश्वविद्यालयहरूसँग साझेदारी गरेर २५ वर्षभन्दा बढीको लागि लगातार 'मार्केट-लिडिङ पोजिसन' स्थापित गरेको स्टडी ग्रुपको दाबी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।