काठमाडौं- युवा उद्यमशीलता र स्वरोजगार प्रवर्द्धन गरी युवालाई आत्मनिर्भर बनाउँदै समृद्धितर्फ अग्रसर गराउने उद्देश्यका साथ राष्ट्रिय युवा परिषद्, जुम्लाको तिला गाउँपालिका र नबिल बैंकबीच त्रिपक्षीय समझदारी भएको छ।
यस समझदारीले कर्णाली प्रदेशअन्तर्गत जुम्ला जिल्लाको तिला गाउँपालिकामा स्थानीय युवाहरुलाई साथ दिन उद्यमशीलता विकास र वित्तीय साक्षरताको आधारभूत परामर्श, तालिम प्रदान गरी उद्यमका लागि सक्षम बनाउन र उद्यम परियोजनाका आधारमा वित्तीय पहुँच पुर्याइ युवा उद्यम प्रवर्द्धन तथा रोजगारी सिर्जनाद्वारा दिगो आर्थिक विकासमा योगदान गर्ने लक्ष्य लिएको छ।
परिषद्को कार्यालय भक्तपुरमा परिषद्का प्रशासकीय प्रमुख डा. बाबुराम ढुङ्गाना, तिला गाउँपालिकाका अध्यक्ष रतननाथ योगी र नबिल बैंकको नबिल दिगो बैंकिङका प्रबन्धक लिलाप्रसाद ओझाले समझदारीपत्रमा हस्ताक्षर गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।