काठमाडौं- ओपो, अरेञ्ज, डोएट्चे टेलिकम र सेन्ट-गोबेनले शांघाइमा चौथो सीएसआरटेक इन्नोभेसन समिट आयोजना गरेको छ।
दिगो विकासका लागि यूएन (संयुक्त राष्ट्र) २०३० अजेण्डाको रुपरेखा अनुरुप शिखर सम्मेलनको उद्देश्य द्रूतगतिमा परिवर्तित भइरहेको विश्व वातावरणीय र सामाजिक चुनौतीहरुका लागि नवप्रवर्तनात्मक समाधानहरुको पहिचान गर्नु थियो।
ब्राण्डको मिसन ‘टेक्नोलोजी फर म्यानकाइन्ड, काइन्डनेस फर दि वर्ल्ड’संग पंक्तिबद्ध, ओपोले उपकरणको डिजाइन, उत्पादन र सञ्चालनमा दिगोपनबारे आफ्नो बुझाइ तथा अनुभव प्रस्तुत गर्दै उद्यमीहरुलाई प्राविधिक नवप्रवर्तनमार्फत् दिगो विकासका लागि योगदान दिन नयाँ तरिकाहरुको खोजी गर्न अनुरोध गरिएको थियो।
'यस वर्षको सीएसआर इन्नोभेसन समिट ग्रहको रक्षा, दिगो व्यापार र मानव कल्याणको महत्त्व गरी विशेषतः तीनवटा लक्ष्य प्राप्तिका लागि नवप्रवर्तनात्मक समाधान खोज्नेतिर केन्द्रित रह्यो। मञ्चले स्टार्टअपलाई स्थापित औद्योगिक खेलाडी तथा लगनीकर्ताहरुसँग अन्तर्क्रिया गर्दै यी उद्देश्य प्राप्तिका आफ्ना नयाँ उत्पादन, सेवा र प्रविधि प्रस्तुत गर्ने अवसर प्रदान गरेको थियो,' कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ, 'सम्मलेनका क्रममा ओपोले हरित उत्पादन डिजाइनका बारेमा आफ्ना अनुभव प्रस्तुत गरेको थियो। प्रस्तुतिअन्तर्गत कार्वन फुट प्रिन्ट्स घटाउन र प्लास्टिक फोहर न्यूनीकरण गर्न सक्षम डिजाइनहरुका साथै हलुका प्याकेजिङ डिजाइनहरु सम्मिलित थिए।'
ओपोले सर्कुलर इकोनोमीलाई समर्थन गर्ने र फोहर न्यूनीकरण गर्ने माध्यमका रुपमा आफ्नो ट्रेड-इन सेवा पनि प्रस्तुत गरेको थियो। सम्मेलनको प्रारम्भिक रुपमा बेइजिङ, सांघाइ र शंचनमा गरी सीएसआरटेक इन्नोभेसन र उद्यमशीलता कार्यशालाहरुको आयोजना गरिएको कम्पनीले जनाएको छ।
शंचनमा आयोजित कार्यशालामा ओपोले युनाइटेड नेसन्स डेभलपमेन्ट प्रोग्राम (यूएनडीपी) चाइना अफिसका युथ प्रोग्राम अफिसरलाई नवप्रवर्तन र उद्यमशीलताका विषयमा किनोट प्रस्तुतिका लागि तथा सुन्ने र बोल्ने समस्या भएका मानिसहरुका लागि सहयोगी डिजाइनमा केन्द्रित टेक स्टार्ट-अप, भोइबुक टेक्नोलोजीलाई सीटी भ्वाइस म्यासेन्जर प्रोजेक्टमा ओपोसँग तिनको सहकार्यका बारेमा बोल्न आमन्त्रित गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।