काठमाडौं- चिनियाँ महिला टेनिस संघले देशका पूर्व उप-प्रधानमन्त्रीमाथि सार्वजनिक रूपमा उत्पीडनको आरोप लगाउने खेलाडी पेंग शुआईलाई बोल्न मौका दिनु पर्ने बताएको छ। उनलाई बोल्न रोक लगाउन नहुने टेनिस संघले जनाएको छ।
चीनको सामाजिक सञ्जाल वीबोमा एक पोस्टमा पेंगले पूर्व उप-प्रधानमन्त्री झांग गाओलीका साथ यौन कार्यका लागि बाध्य पारिएको लेखेकी छन्।
महिला टेनिस संघले पेंगको घटनामा टिप्पणी गर्दै यो एक गम्भीर चिन्ताको विषय भएको बताएको छ। उसले आरोपको निष्पक्ष जाँच हुन आवश्यक रहेको बताएको छ। घटनाको विना रोकतोक जाँच हुनुपर्ने उसको भनाइ छ।
३५ वर्षीया पेंग विश्वकी पूर्व नम्बर एक युगल खेलाडी हुन् जसको नाममा दुई ग्राण्डस्लाम रहेको छ। २०१३ मा विम्बल्डन र २०१४ मा फ्रेन्च ओपनमा उनले ताइवानको हसिह सु-वेईसँग मिलेर उपाधि जितेकी थिइन्।
पेंगले यस महिनाको शुरुआतमा आरोप लगाएकी थिइन् तर उनलाई इन्टरनेटबाट हटाइएको थियो। चीनमा कुनै पनि वरिष्ठ नेताविरुद्ध यस्तो आरोप लागेको यो पहिलो पटक हो। ७५ वर्षीय झांगले आफूमाथि लागेको आरोपको जवाफ दिएका छैनन्।
उनले २०१३-१८ को बीचमा चीनको उप-प्रधानमन्त्रीको कार्यभार सम्हालेका थिए। उनी राष्ट्रपति सी चिनफिङका नजिकका सहयोगी थिए।
पेंगले आफ्नो आरोपलाई पुष्टि गर्नका लागि अब सबुत भने दिन नसक्ने बताएकी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।