काठमाडौं- सिद्धार्थ बैंक लिमिटेडले आइतबार काठमाडौंको अपाङ्गता संरक्षण नेपाललाई १०० वटा सेतो छडी खरिदका लागि सहयोग गरेको छ।
बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत सेतो छडी खरिदका लागि ९० हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको हो। उक्त रकम बैंकका तर्फबाट कामु प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद कडेलले अपाङ्गता संरक्षण नेपालका अध्यक्ष विरोध खतिवडालाई हस्तान्तरण गरेका हुन्।
बैंकबाट प्राप्त उक्त सहयोगबाट अपाङ्गता संरक्षण नेपालले आउदो मङ्सिर १७ गते अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा दृष्टिविहीन व्यक्तिहरूलाई सेतो छडी प्रदान गर्न प्रयोग गर्नेछ।
अपाङ्गता भएका व्यक्तिहरूको हक, अधिकार तथा जीवनस्तर सुधारको लागि काम गर्दै आइरहेको उक्त संस्थालाई पुर्याएको उक्त रकम सहयोगबाट दृष्टिविहीन अपाङ्गता भएका व्यक्तिहरूलाई गतिशीलता तथा स्वतन्त्रताका साथ आफ्ना दैनिकी दिनचर्या पूरा गर्न मद्दत पुग्ने विश्वास बैंकले लिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।