काठमाडौं– रुसलाई पराजित गर्दै क्रोएसिया सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलका लागि छनोट भएको छ।
युरोपियन छनोट अन्तर्गत आइतबार राति रुसलाई १–० गोलले हराउँदै क्रोएसिया छनोट भएको हो।
घरेलु मैदानमा सम्पन्न खेलमा क्रोएसिया आत्मघाती गोलको सहयोगमा विजयी बनेको हो।
रुसका डिफेन्डर फ्योडोर कुड्रयासोभले खेलको ८१ औं मिनेटमा आत्मघाती गोल गरेका थिए । जुन गोलबाट नै क्रोएसिया विजयी बन्यो। जितसँगै क्रोएसियाले समूह एचबाट विश्वकपमा स्थान बनाएको हो।
समूहको शीर्ष स्थानमा रहेको क्रोएसियाले १० खेलमा २३ अंक जोडको छ। दोस्रो स्थानको रुसको समान १० खेलबाट २२ अंक रहेको छ।
पराजित रुसले भने विश्वकपमा छनोट हुन प्ले अफ खेल्नुपर्ने भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।