• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
रंगमञ्च

काठमाडौं बाहिर रङ्‍गकर्मी जन्माइरहेको ‘पोखरा थिएटर’

64x64
युवराज भट्टराई सोमबार, कात्तिक २९, २०७८  ०६:३४
1140x725

काठमाडौं- पोखरा-४, गैरापाटनस्थित ‘पोखरा थिएटर’मा अहिले रौनक छाएको छ। थिएटर यतिबेला ‘चरणदास चोर’को मञ्‍चन तयारीमा जुटेको छ। विभिन्न समयमा थिएटरले आयोजना गरेको अभिनय कक्षामा प्रशिक्षण लिएका विद्यार्थीहरुको समूह ‘रेनेसा थिएटर’ले निर्माण गरेको हो, 'चरणदास चोर'। भारतीय लेखक हबीब तनविरको नाटक ‘चरणदास चोर’को आशान्त शर्माले नेपाली अनुवाद गरेका हुन्। निश्‍चल विमलले निर्देशन गरेको यो नाटक मङ्सिर १ मा मञ्‍चन हुँदै छ।

केही वर्ष अघिसम्म नाटक गर्नका लागि पोखरामा यस्तो परिवेश थिएन। एक त पोखरामा नाटक गर्ने धेरै समूह नै थिएनन्, अर्कोतिर नाटकका लागि आवश्यक संरचना पनि थिएन। पोखरामा थिएटर सञ्‍चालनमा आएको चार वर्षमात्रै भएको छ, जहाँ निरन्तर रङ्‍गकर्म गरेर नाट्यकर्मी उत्पादन गरिरहेको छ।

‘चार वर्षअघि हामीले नाटक नै गर्ने भनेर थिएटरको स्थापना गरेका थियौं,’ पोखरा थिएटरका संस्थापक तथा प्रशिक्षक रङ्‍गकर्मी परिवर्तन भन्छन्, ‘अहिले त्यही थिएटरले पोखरामा नाटक कर्मलाई अघि बढाइरहेको छ।’

परिवर्तनको जीवनमा एक दशकअघिसम्म पनि रङ्‍गकर्म र नाटक भन्ने थिएन। उनी कला-सहित्य क्षेत्रमा संलग्न त थिए, तर फरक थिए विधा। मुक्तक, गजलजस्ता विधामा कलम चलाउँथे। अध्ययनका लागि काठमाडौं गएका उनी पोखरा फर्किएपछि यस क्षेत्रमा उनको थप सक्रियता बढ्यो। विस्तारै मुक्तक, कविता, गजलबाट उनी नाटकतर्फ मोडिए।

‘त्यो बेला पोखरामा रङ्‍गमञ्‍च र आख्यान शून्य भयो भन्ने अग्रजहरुका कुरा सुन्यौं,’ परिवर्तन सम्झन्छन्, ‘म मुक्तक मञ्‍चहरुमा संलग्न थिएँ। अग्रजका कुराहरुले पनि हामीलाई पोखरामा नाटक गर्नुपर्छ भन्ने महसुस गराएको थियो।’

अग्रजका शब्दहरु प्रोत्साहनका लागि आवश्यक थिए। तिनीहरुले परिवर्तनलाई ‘ट्रिगर’ गर्‍यो। विस्तारै उनी नाटक विधामा संलग्न हुन थाले। कहिले रेडियो नाटक त कहिले सडक नाटकहरुमा संलग्न हुन थाले। उनको नाटक सिकाइको प्रक्रिया पोखरामा नै केन्द्रित थियो। एक प्रकारले स्वप्रशिक्षण गरिरहेका थिए उनी।

पोखरामा ‘पञ्‍चामृत नाट्य समूह’ नामको समूह बनाएर उनीहरुले नाटक गर्थे। सडकबाट विस्तारै नाटक पोखरा उद्योग वाणिज्य संघको हलमा पुग्न थाल्यो। पोखरा आसपासका मानिसहरुले विस्तारै नाटक के हो भन्ने बुझ्न थाले।

Ncell 2
Ncell 2
nimb
nimb

नाटकप्रति परिवर्तनको लगाव थियो। साहित्य मौलाएको पोखरामा नाटक र रङ्‍गमञ्‍चलाई पनि हुर्काउनु थियो। यसैबीच वि.सं. २०७३ मा उद्योग वाणिज्य संघकै हलमा मञ्‍चन भएको ‘मौसम हराएको देश’ नाटकको प्रदर्शनअघि आयोजित पत्रकार सम्मेलनमा परिवर्तनले घोषणा गरिदिए, ‘अब हामी एक वर्षभित्रै थिएटर निर्माण गर्छौं।’
 
तर, त्यतिबेला न उनीसँग निश्‍चित तयारी थियो, न कुनै योजना।

‘आखिर नाटक नै गर्नु छ भने आफ्नै भवन बनाएर किन नगर्ने भन्ने थियो,’ परिवर्तन भन्छन्, ‘आफ्नो रुचिको क्षेत्र थियो। उद्योग वाणिज्य संघको हलमा नाटक गर्दा आफ्नै थिएटर चाहिन्छ भन्ने महसुस भयो। आफूले चाहेको काम गर्नका लागि भवन आवश्यक पर्छ भने त्यो पनि गर्नुपर्छ भन्ने लागेर हामीले एक वर्ष भित्रमा नै थिएटर बनाउने घोषणा गरिदियौं।’

नाटक घर बनाउने घोषणा त भयो, तर कसरी बनाउने? परिवर्तनसँगै अन्य चार जना मिलेर त्यसको तयारी गर्न थाले। त्यत्तिकैमा २०७५ भदौमा उनी काठमाडौंस्थित मण्डला थिएटरमा कार्यशाला लिन पुगे। रङ्‍गकर्मी विमल सुवेदीले प्रशिक्षण दिइरहेका थिए। आफूले बुझेको, जानेको नाटक र रङ्‍गमञ्‍चभन्दा फरक पाए कार्यशालामा दिइएको प्रशिक्षण। परिवर्तन बुझेको मात्रै नभएर नाटकको दायरा फराकिलो रहेको बुझाइदियो।

केन्द्र र मोफसल भन्ने परिभाषालाई विश्वास नगर्ने परिवर्तनले थिएटर सञ्‍चालनमा आएपछि त्यो महसुस गर्न पाए। कतिसम्म भने पोखरामा सम्भावना छैन भन्ने सोच्नेदेखि अवसर र परिचयका लागि काठमाडौं नै जानुपर्छ भन्ने भावना अहिले पनि रङ्‍गकर्मीहरुलाई पाइने उनी बताउँछन्।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

नाटक घर निर्माण गर्ने घोषणा भइसकेको थियो। सुरुआतमा चार जनाको लगानीमा बन्ने भनिए पनि पछि दुई जना छुटे। बाँकी रहे परिवर्तन र दिलप्रसाद गुरुङ। दिल पोखरामा कला क्षेत्रसँगै सञ्‍चारकर्ममा सक्रिय थिए।

रङ्‍गकर्म गरिरहेकाहरुले पनि थिएटरको अभाव महसुस गरिरहेका थिए। नाटक नै गर्ने भएकाले उनीहरु थिएटर निर्माणमा जुट्न थाले। जग्गाको खोजी भयो। त्यसैबीच शंकरनाथ कोइरालाको जग्गामा पुगे उनीहरु। शंकर पनि थिएटर निर्माणमा तेस्रो लगानीकर्ताको रुपमा जोडिए।

२०७४ चैत १३ गते थिएटरको शिलान्यास भयो। ‘विश्व रङ्‍गमञ्‍च दिवस’का दिन तत्कालीन पर्यटनमन्त्री रविन्द्र अधिकारीसँगै पोखराका सांसदहरुले थिएटरको शिलान्यास गरेका थिए।

निर्माण सुरु भएको करिब एक वर्षमा थिएटर बन्यो। सोचेभन्दा धेरै खर्च भयो। ४०/५० लाखमा थिएटर भवन बन्ने सोचेका परिवर्तनले एक करोड रुपैयाँभन्दा धेरै खर्च भएको सम्झिए।

२०७५ फागुन २ गते थिएटर सञ्‍चालनमा आयो। मञ्‍चन गरिएको पहिलो नाटक थियो- सिरुमा रानी। नाटकलाई सोमनाथ खनालले निर्देशन गरेका थिए। पोरखाले पोखराकै भूमिमा निर्मित थिएटरमा पोखराकै रङ्‍गकर्मीहरुले अभिनय गरेको नाटक हेर्न पायो।

त्यसो त काठमाडौंमा नै नाटक हेर्ने दर्शकहरु सीमित छन्। केही नाटकले पाएको चर्चाबाहेक कतिपय अवस्थामा नाट्य क्षेत्रसँग संलग्नबाहेकका मानिसहरुलाई नाटक मञ्‍चन भइरहेकोसम्म थाहा हुँदैन। काठमाडौं बाहिर त झन् पैसा तिरेर नाटक हेर्ने बानी नै विकास भएको छैन। मानिसहरुलाई नाटक के हो भन्ने बुझाउन नै बाँकी छ। आर्थिकदेखि पहिचानकै पनि जोखिम मोल्न नसक्दा कतिपय रङ्‍गकर्मी आफ्नो ठाउँबाट काठमाडौंमै आएर रङ्‍गकर्ममा लागिरहेका छन्।

यस्तोमा काठमाडौं बाहिर पोखरामा करोडौं लगानीमा भवन निर्माण गरेर थिएटर सञ्‍चालनको सुरुआत गर्नु आफैंमा जोखिमयुक्त थियो।

केन्द्र र मोफसल भन्ने परिभाषालाई विश्वास नगर्ने परिवर्तनले थिएटर सञ्‍चालनमा आएपछि त्यो महसुस गर्न पाए। कतिसम्म भने पोखरामा सम्भावना छैन भन्ने सोच्नेदेखि अवसर र परिचयका लागि काठमाडौं नै जानुपर्छ भन्ने भावना अहिले पनि रङ्‍गकर्मीहरुमा पाइने उनी बताउँछन्।

‘काठमाडौंभन्दा बाहिर रङ्‍गकर्म गर्न एकदमै गाह्रो छ,’ परिवर्तन भन्छन्, ‘सुरुआतमा मैले पनि यो कुरा सुनेको थिएँ। तर, थिएटर बनाउनुअघि त्यो सोच्दै सोचिन। आफूलाई काम गर्नु थियो, काम गर्नलाई कुनै क्षेत्र चाहिन्छ भन्ने लागेरै थिएटर खोल्यौं।’

थिएटरको संचरना मात्र भएर नाटक हुँदैन। पोखरामा थिएटर त खुल्यो, तर रङ्‍गकर्म गर्नका लागि आवश्यक निर्देशक, कार्यशाला प्रशिक्षण दिने प्रशिक्षकदेखि कलाकारसम्म काठमाडौंबाटै ल्याउनुपर्ने अवस्था थियो। बाटोमा हिँडिरहेका साथीहरुलाई समात्दै नाटक गराउनुपर्ने अवस्था भएको सम्झन्छन् परिवर्तन।

‘नाटक घर निर्माण हुँदाको समयसम्म हामी निकै अप्ठ्यारो अवस्थाबाट गुज्रिरहेका थियौं,’ परिवर्तन भन्छन्, ‘चुनौती नै चुनौती थिए। आर्थिक चुनौतीसँगै थिएटरमा रङ्‍गकर्मलाई निरन्तर सक्रिय राखिराख्ने चुनौती थियो।’

चुनौतीका चाङबीच खुलेको थियो पोखरा थिएटर, जसलाई जीवित राख्न निरन्तर रङ्‍गकर्म गर्न आवश्यक थियो। यो थिएटरले ती चुनौतीहरुलाई सामना मात्र गरेन, विस्तारै चिर्दै पनि गयो। अहिले पोखरा थिएटरमा वर्षभरि दुई पटक नाट्य कक्षा सञ्‍चालन हुन्छ। पोखराका छ वटा स्कूलमा वर्षैभरि अभिनयको प्रशिक्षण दिइरहेको छ थिएटरले। त्यो बाहेक समय-समयमा विभिन्न कार्यक्रमहरुको आयोजना पनि गरिरहेको बताउँछन् परिवर्तन।

अहिले थिएटरले रङ्‍गकर्मसँगै साहित्य र कलासँग सम्बन्धित कामहरु गरिरहेको छ। सिनेमा हेरेर त्यसमाथि बहस गर्नेदेखि आधुनिक संगीत, कवितालगायतका विभिन्न कार्यक्रमहरुको आयोजना थिएटरकै संयोजकत्वमा भइरहेको छ।

पोखरा थिएटरको स्थापनायता थुप्रै रङ्‍गकर्मी जन्मिएका छन्। कतिपयले पोखरामै आफूलाई सक्रिय राखेका छन् त कतिपय आफ्नो दायरा फराकिलो पार्ने हेतुले काठमाडौं आएका छन्। तर, परिवर्तनको ध्येय भने पोखरामा कला, सिनेमा, रङ्‍गमञ्‍चजस्ता कुराहरुलाई स्वतन्त्र रुपमा विकास गर्नु हो। उनी पोखरामै अभिनय र रङ्‍गकर्मको फराकिलो दायरा हुनुपर्ने सोच राख्छन्।

काठमाडौंमा गुरुकुलले निर्माण गरिदिएको रङ्‍गकर्मको संस्कृतिलाई उदाहरण दिँदै उनी भन्छन्, ‘संरचना नभए पनि गुरुकुलले अहिले काठमाडौंमा भएको रङ्‍गमञ्‍चको संस्कृतिमा जग हालेको छ। पोखरा थिएटर भोलि होला नहोला, प्राविधिक कलाकारहरु जहाँसुकै गए पनि यसले पोखरामा अभिनय, रङ्‍गकर्मजस्ता कुराहरुका लागि जग हाल्ने काम गरेको छ भन्ने लाग्छ।’

पोखरा थिएटरको स्थापनापछि थिएटरमा आएका कलाकार, प्राविधिकहरु थुप्रै ठाउँमा पुगेका छ्न। थिएटर जीवित राख्न पोखरामै बसेर क्रियाशील व्यक्तिहरु सीमित छन्। उनीहरु आफ्नो कर्मबाट सन्तुष्ट छन्।

परिवर्तन आफू एक्लै भए पनि खटिरहेका छन्, थिएटरमा। ‘आउने-जानेहरु छँदै छन्। तर, यहाँका ढुङ्‍गा र माटोले हामीलाई बाँधेर राखेको छ। आफूले इच्छाएको बाटोमा लागेर पोखरामा रङ्‍गकर्म गर्दा सन्तुष्टि र खुसी मिलेको छ,’ परिवर्तनले भने।

प्रकाशित मिति: सोमबार, कात्तिक २९, २०७८  ०६:३४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
युवराज भट्टराई
लेखकबाट थप
कर्णाली पुगेपछि विकासलाई लाग्यो 'प्रकाश' यहीँ बन्नुपर्छ 
पर्दामा प्रेमको रोमाञ्चक यात्रा
पेरिस सहरमा बेलुनसँग संवाद गर्दै हिँडेको पास्कल
सम्बन्धित सामग्री
नेपाली रंगमञ्चमा नयाँ प्रयोग गर्दै कथालय कथा ‘आहत उजेलीहरु’लाई असोज १८ गते साँझ ५ बजे बत्तिसपुतलीस्थित शिल्पी थिएटरमा मञ्चन गर्न लागिएको हो । बिहीबार, असोज १५, २०८३
यस वर्षको मिस नेपाल बनिन् लुना लुइँटेल उनलाई पूर्वमिस नेपाल आस्मा कुमारी केसीले ताज लगाइदिएकी थिइन्। यस्तै,  मिस अर्थ सोनी घले भइन् भने मिस नेपाल इन्टरनेसनको ताज उरूशा भण्... शनिबार, भदौ १४, २०८२
‘ताराहरूलाई रङ्गमञ्चमा नै सीमित राख्न मन लागेन’ बुधबार साँझ नयाँ बानेश्वरस्थित एक चलचित्र भवनमा गरिएको प्रदर्शनीमा चलचित्रकर्मी तथा कलाकर्मीको उपस्थिति रहेको थियो। बिहीबार, भदौ ५, २०८२
ताजा समाचारसबै
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार बुधबार, असोज २८, २०८३
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
नेपालमा शंकास्पद रुपमा बसेका २४ दक्षिण कोरियाली नागरिक निष्काशित बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्