काठमाडौं- नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले वडा अधिवेशन सकिएका जिल्ला क्रियाशील सदस्यता विवाद किन भयो भनेर प्रश्न उठाएका छन्।
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा जारी केन्द्रीय समिति बैठकमा उनले कुनै जिल्लाको जिल्ला, वडा वा क्षेत्रको अधिवेशन रोकिए पनि महाधिवेशन हुनैपर्ने बताए।
'जुन हिसाबमा पनि महाधिवेशन गरौं। राष्ट्रिय सभाको उपनिर्वाचनमा भाग लिन पनि हामीले महाधिवेशन त्यस समयभित्र गर्नै पर्छ', उनले भने।
वडा अधिवेशन सकिसकेको स्थानमा अब क्रियाशील सदस्यताको विवाद उठाएर काम नभएको उनले बताए।
त्यसअघि बोलेका वरिष्ठ नेता रामचन्द्र पौडेलले क्रियाशील सदस्यता विवाद टुंग्याएर मात्र महाधिवेशन गर्नुपर्ने बताएका थिए। उनले सदस्यता विवाद नटुंग्याएर कसरी महाधिवेशन हुन्छ भन्दै प्रश्न उठाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।