काठमाडौं– उपमेयर कप राष्ट्रिय महिला लिग छनोट फुटबल प्रतियोगिताको उपाधि धनगढी उपमहानगरपालिकाले जितेको छ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा आइतबार सम्पन्न फाइनल खेलमा ललितपुर महानगरपालिकालाई पेनाल्टी सुटआउटमा ३-१ ले पराजित गर्दै धनगढीले उपाधि हात पारेको हो।
खेलको निर्धारित समय ३-३ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो।
उपाधिसँगै धनगढीले ५ लाख नगद हात पारेको छ। उपविजेता बनेको ललितपुरले ३ लाखमा चित्त बुझायो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।