काठमाडौं- अर्जेन्टिनाले उरुग्वेमाथि जित दर्ता गरेको छ।
विश्वकप फुटबलको दक्षिण अमेरिकी छनोट अन्तर्गत शुक्रबार राति भएको खेलमा अर्जेन्टिनाले उरुग्वेलाई १-० गोल अन्तरले पराजित गरेको हो। अर्जेन्टिनाको जितमा एन्जल डि मारियाले निर्णायक गोल गरे।
जित सहित अर्जेन्टिनाले १२ खेलबाट २८ अंक जोडेको छ। जितसँगै अर्जेन्टिना विश्वकप छनोटको नजिक पुगेको छ। उरुग्वे १६ अंक सहित छनोट तालिकाको छैटौं स्थानमा छ।
ब्राजिल भने छनोटमा अपराजित रहँदै आगामी विश्वकपका लागि छनोट भैसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।