काठमाडौं- इङ्ल्याण्ड विश्वकप छनोटको नजिक पुगेको छ। शुक्रबार राति भएको विश्वकपको युरोपेली छनोटमा अल्बानियालाई ५-० गोल अन्तरले पराजित गर्दै इङ्ल्याण्ड विश्वकप छनोटको नजिक पुगेको हो।
इङ्ल्याण्डको जितमा ह्यारी केनले ह्याट्रिक गर्दा ह्यारी मागुइरी र जोर्डन हेन्डरसनले समान एक एक गोल गरे। ह्याट्रिकसँगै केनले इङ्ल्याण्डका लागि वाइन रोनीको ३७ गोलको कीर्तिमानलाई तोडेका छन्।
विश्वकपमा छनोटमा हुन अब इङ्ल्याण्डलाई अन्तिम चरणको खेलमा मात्र राम्रो गोल अन्तर चाहिएको छ।
खेलको पहिलो हाफमै इङ्ल्याण्डले खेलमा पाँच गोलको अग्रता लिएको थियो। समूह आइको शीर्ष टिम इङ्ल्याण्डको २३ अंक छ। दोस्रो स्थानको पोल्याण्डको २० अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।