काठमाडौं- खुकुरी रमले आफ्नो नयाँ प्याकेजिङ(प्याक) सार्वजनिक गरेको छ। शुक्रबार एक समारोहकाबीच २० वर्षदेखि अस्तित्वमा रहेको पछिल्लो प्याकेजिङ परिवर्तन गरी आकर्षक लुक्ससहितको नयाँ प्याक सार्वजनिक गरिएको हो।
खुकुरी रम उत्पादन गर्ने ‘द नेपाल डिस्टीलरिज’ सन् १९५९ मा स्थापना भएको कम्पनी हो। कम्पनी स्थापनाको ६२औं वर्षमा कम्पनीले आफ्नो प्याकेजिङ परिवर्तन गरी अझ आकर्षक, विश्वस्तरीय एवम् वातावरणमैत्री रुपमा बजारमा उतारेको हो।
खुकुरी रमले आफ्नो प्याक परिवर्तन गर्नुअघि देशविदेशका ग्राहकहरुमाझ रिसर्चसमेत गरेको थियो। प्याक डिजाइन गरिसकेपछि पनि ग्राहकहरुको प्रतिक्रिया लिइएको थियो। प्याक परिवर्तन गर्नुअघि र पछिका ग्राहकहरुबाट आएका प्रतिक्रियाहरुलाई समेत ध्यानमा राखेर नयाँ प्याकेजिङमा नेपाली सम्पदा, मौलिकपन र परम्पराहरु झल्किने गरी विशेषताहरु समावेश गरिएका हुन्।
खुकुरी रमको पुरानो प्याकको अन्तिम ब्याचका उत्पादनहरु एक महिनाअघि नै बन्द भइसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।